यिनै हुन दुबइमा नेपाली चेली बलात्कार गर्ने बंगलादेसी सिमोन काजी

कम्पनीले बलत्कारीलाई उनको देश फर्काउन लागेको खुल्यो

२९ नोभेम्बर २०१७, दुबइ‍- केही समयअधि दुबइमा कार्यरत गोरखाकि नेपाली चेली अस्टमी गुरुङलाई बलात्कार गर्ने उनका सुपरभाइजर बंगलादेसी नागरीक सिमोज काजी भएको खुलेको छ । सीधा कुरा जनतासँग कार्यक्रमको ब्यापक पहल र दुबइका नेपाली संघसस्थाको सक्रियतापछी दुबइ प्रहरीमा पनि दवाब सिर्जना हुन थालेको छ । यहिबिचमा बलत्कारी काजी कार्यरह कम्पनीले भने उनलाई उनको देश बंगलादेश पठाउने तयारी गरिरहेको तथ्य बाहिर आएको छ, तसर्थ नेपाली चेलीलाई बलत्कार गरी आत्महत्या गर्न विवस बनाउने हत्यारालाई कारबाहि गराउन दुवइका नेपालीहरु अझ तात्नुपर्ने देखिन्छ । 

दुवइको अरेबियन गल्फ नाम गरेको एक कम्पनीमा कार्यरत गोरखाकि अस्टमी गुरुङले नोभेम्बर ४ मा  आत्महत्या गरेपछी उनको शव नोभेम्बर १६ मा नेपाल लगी काजकिरियासमेत सकिसकिएको थियो । उनका भाइले गुरुङको मोबाइल अनलक गरेर रेकर्ड गरिएको भिडियो हेरेपछी एकाएक उनको  सुपरभाइजरले गरेको बलत्कारका कारण उनले आत्महत्या रहस्य बाहिरिएको थियो । गुरुङ्ग भाषामा रेकर्ड गरिएको उक्त भिडियो हेरीसकेपछी भावविह्वल वनेका लामिछानेले बलत्कारीलाई कारबाहि गराइछाड्ने प्रतिवद्दता व्यक्त गर्दै गुरुङको गावैमा गइ परीवारलाई समेत भेटिसकेका छन । उनी लगायत अन्य नेपालीहरुको  अथक प्रयासबाट हत्याराको पहिचान बाहिर आइसकेको छ । दुबइको नेपालीहरु सक्रिय भएको खण्डमा काजी केही दिनमा जेलमा हुनेछन

Leave a Reply