पर्यटनमन्त्रीको साथमा साउथ अष्ट्रेलियामा बाणिज्य दुतावासको पर्यटन प्रवर्दन कार्यक्रम
साउथ अष्ट्रेलिययन राजनीतिको उच्च ओहदाको उपस्थिति
३० नोभेम्बर २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा बुधवार साँझ साउथ अष्ट्रेलियनहरुमाझ नेपालको पर्यटन प्रवर्दनसम्बन्धि एक कार्यक्रम भयो । नेपाली बाणिज्य दुतावास-साउथ अष्ट्रेलिया र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम विदेसी नागरीकहरु लक्षित रहेको प्रतिक्रिया साउथ अष्ट्रेलियाका लागी नेपाली वाणिज्यदुत दिपक धमलाले दिए । कार्यक्रममा आयोजकका तर्फबाट नेपालका संस्कृति, पर्यटनमन्त्री एवं नागरीक उड्डयनमन्त्री माननिय जितेन्द्र नारायण देव, अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्कि शेर्पा, साउथ अष्ट्रेलियाका लागी नेपाली बाणिज्य दुत दिपक धमला, नेपाल पर्यटन बोर्ड प्रतिनिधी सन्तोष थापा लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी साउथ अष्ट्रेलियाकि बहुसंस्कृतिमन्त्री जोय बेटिसन, संसदको माथिल्लो सदनका अध्यक्ष रसेल बाट्ली, साल्सवरीकि मेयर गिलियन अल्ड्रिज लगायत ठुलो संख्यामा साउथ अष्ट्रेलियाका ट्राभल एजेन्सी सञ्चालकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवातमा नेपाल पर्यटन बोर्ड प्रतिनिधी सन्तोष थापाले नेपालको मुख्य पर्यटन स्थलका जानकारी बारेमा स्लाइड सो प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवले गफका सिलसिलामा एक महिलाले साउथ अष्ट्रेलियालाइ स्वर्ग भएको प्रसंग कोट्याउदै नेपाल अर्को स्वर्ग रहेको र साउथ एसियाको अन्य देशको तुलनामा नेपाल सुरक्षित रहेको जानकारी गराएउदै सवैलाई नेपाल भ्रमणको लागी आग्रह गर्नुभयो । मन्त्री देवले नेपालको प्राकृतिक सौनदर्य, नेपालीहरुको हस्पिटालिटी र इमान्दारीताको समेत प्रसशां गर्नुभयो । यसैगरी अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्कि शेर्पाले कार्यक्रममा सहभागीताका लागी सबैलाई धन्यवाद दिदै नेपाल जानचाहनेहरुको सबै जिज्ञासाका लागी र हरेकखालका सहयोग गर्न नेपाली दुतावास सदैव तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा आसिका राईलगायतका कलाकारले उपस्थितहरुलाई नेपाली सांस्कृतिक प्रस्तुतिसमेतले मनोरञ्जन गराएका थिए ।
निकै व्यवस्थित रुपमा आयोजना गरिएको कार्यक्रमको सर्वत्र प्रशंसा गरिएको छ । गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा मन्त्री देवले विहिवार ३ बजेदेखी म्यारियन आर एस एलमा नेपाली समुदायसँग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण हाम्रो फेसबुक पेज Nepal Australia News बाट गरिने छ ।
Leave a Reply