हिड्दा मोबाइल हेर्ने बानी छ ? होस गर्नुहोस् नत्र यस्तै हालत होला

२८ नोभेम्बर २०१७, चीन-  बाटोमा हिड्दा मोबाइल हेरेर टेक्स्टको रिप्लाई गर्दै वा सामाजीक सञ्जाल चलाउने गर्नुभएको छ ? होस गर्नुहोला । ड्रेनमा खुट्टा परेर अपाङ्ग हुनुहोला ।

हालसालै चीनमा एउटा यस्तै घटना घटेको छ । २० वर्षीय एक युवती चीनको ब्यस्त सडकमा मोबाइल चलाउदै हिडिरहेकि थिइन । मोबाइलमा उनी यति ध्यानमग्न भइन को उनले आफ्नो बाटोमा ड्रेनेजको कभर भएको भेउसमेत पाइनन् । ड्रेनेज कभरमा भएको फलामे रडहरुबीचको प्वालमा एउटा खुट्टा छिरेपछी उनी भुइमा लड्न पुगिन । यसरी छिरेपछी उनको खुट्टा अड्कियो । उनलाई लडेको देख्ने केही मानिसहरुले हत्तपत्त केही उपकरण ल्याए । 

निकैबेरको प्रयासपछी उनको खुट्टा बाहिर निकालियो । भाग्यवस उनलाई कुनै ठुलो चोटपटक भने लागेन ।

Leave a Reply