म्याकडोनाल्डमा केही युवा नाङ्गै प्रवेश गरेपछी…

२८ नोभेम्बर २०१७, न्युक्यास्सल- संसारमा अचम्म अचम्मका मानिसहरु बस्ने गर्छन र कुनैबेला सोच्दै नसोचेको हर्कतहरु गर्ने गर्छन । हालसालै न्युक्यास्सलको एक ब्यस्त म्याक डोनाल्डमा त्यस्तै घटना घटेको छ । १० नोभेम्बरमा  साँझको ७ बजेतिर रेस्टुरेन्नमा धेरै मानिसले खाना खाइरहेको बेला पाचजना युवा नाङ्गै प्रवेश गरेका कारण हङ्गामा भएको छ । प्रहरीका अनुसार दुइजनाले कम्तिमा देखाउन नहुने अङ्ग छोपेका थिए भने बाकि तिनजना सर्वाङ्ग थिए । 

प्रहरीले हाल उनीहरुको ब्यापक खोजी गरिरहेको छ र उनीहरुका बारेमा जानकारी हुने सर्वसाधारणलाई सहयोगका लागी अपिल गरेको छ ।

Leave a Reply