सिनेमाहल भित्रको महङ्गीले हैरान हुनुहुन्छ? यसरी लैजानसकिन्छ खानेकुरा
सिनेमाहल भित्र खाना लैजान दिइदैन र भित्र बढी पैसामा बेच्ने गरिन्छ । यसबाट फिल्मप्रेमीहरु आक्रान्त बन्ने गरेका छन । यसरी हैरान भएकि एक महिलाले सजिलोसँग फिल्महलभित्र खाना लैजान सकिने उपाय पत्ता लगाएकि छन् । यसबाट तपाईहरुले पनि फाइदा लिन सक्नु हुनेछ । यस तरीकालाई ‘चतुर तरीका’ भनि डेलिमेलले लेखेको छ ।
चलचित्र हेर्न जाने एन्जेला ब्रिस्क नाम गरेकि एक महिलाले गर्भवति भएको अभिनय गर्दै पेटमा पोलिस्टिरिनको वोलमा खाना लुकाएर लगेको फोटो ट्विट गरेपछी भाइरल बनेको छ । उनले क्याप्सनमा “फिल्महलभित्र खाजा लैजाने इकदमै नौलो तरीका पत्ता लाग्यो’ लेखेकि थिइन । उनको फोटोमा ५ दिनमा ४१ हजारबढीले लाइक गरेका थिए ।
धेरै सामाजीक सञ्जाल प्रयोगकर्ताहरुले उनको यो तरीकाको प्रशंसा गरेका छन भने केहीले आलोचना गरेका छन । एकजना ट्विटटेले भनेका छन- “तिम्रो पर्सलाई के भयो? मान्छेले बर्षौदेखी पर्समा खानेकुरा लगिरहेका छन । मैलेपनि सधैं पर्समै खानेकुरा लानेगर्छु । ”
(समाचार पहोपल्ट न्युयोर्क टाइम्समा लेखिएको हो ।)
Leave a Reply