नेपालका पर्यटन मन्त्री साउथ अष्ट्रेलियामा, विहिवार अन्तरकृयाको कार्यक्रम

२७ नोभेम्बर २०१७, एडिलेड- नेपाली राजनीति प्रतिनिधि एवं प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा ब्यस्त भपरहदा  नेपालका संस्कृति, पर्यटन एवं नागरीक उड्डयनमन्त्री जितेन्द्र नारायण देव भने  अष्ट्रेलिया आउने भएका छन् । मन्त्री देव  नेपाल लोकतान्त्रिकका फोरम  समानुपातिक संसद हुन । नेपालको पर्यटन विकाशको लागी विदेशमा बस्ने नेपालीहरुको धारण बुझ्ने सिलसिलामा उनी साउथ अष्ट्रेलियाको एडिलेडसमेत  आउने कार्यक्रम रहेको छ । देवले २९ नोभेम्बर साँझ साउथ अष्ट्रेलियाका राजनितिज्ञहरु एवं सरकारी उच्च अोहदाका ब्याक्तित्वहरुसँ भेटघाट गर्नेछन भने ३० नोभेम्बरमा साउथ अष्ट्रेलियाका नेपालीहरुसँग अन्तरकृया गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाले जनाएको छ । 

साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारको अवैतानिक महावाणिज्य दुतावास र एनआरएनए साउथ अष्ट्रेलियाको संयुक्त आयोजनामा हुने अन्तरकृया कार्यक्रम विहिवार, ३० नोभेम्बरमा अपह्रान्न ३ बजेदेखी ५ बजेसम्म म्यारियन आरएसएलमा हुदैछ । कार्यक्रममा चिया नास्ताको व्यवस्थासमेत रहने बताइएको छ । संघले सबै नेपालीहरुलाई कार्यक्रममा सहभागि हुन आग्रहसमेत गरेको छ ।

 

Leave a Reply