अन्तरिक्षमा जव नेपाली राष्ट्रिय गानसँगै राष्ट्रिय झण्डा फहरायो…

२७ नोभेम्बर २०१७, बोस्टन (अमेरीका)- अमेरीका, रुस, सीनलगायतका देशका झण्डा अन्तरीक्षमा फहराउनु खासै ठुलो कुरा होइन । तर नेपालको झण्डा फहराउनु र राष्ट्रिय गीत गुञ्जनु अनौठो नै हुन्छ । यसरी अरु देशको झण्डा चन्द्रमामा फहराएको देखिरहेका नयाँ बानेश्वरका २२ वर्षीय क्षितिजराज लोहनीलाई पनि आफ्नो देशको झण्डा  अन्तरिक्षमा फहराउने इच्छा जाग्यो । अध्ययनको सिलसिलामा अमेरिकाको बोस्टनमा रहेका लोहनीले  चन्द्रमामामै झण्डा फहराउन नसकेपनि नेपाली झण्डालाई अन्तरिक्षमा फहराउन भने सफल भएका छन । 

लोहनीले बिग्रएका सामानहरुको भएपनि आफ्नो सपनालाई साकार पारिछाडे । अमेरिकाको बोस्टनबाट  फिसर्स ईण्डियानासम्म आएर  हेलियम भरिएको बेलुनमा नेपाली झण्डाराखेर अन्तरिक्षमा पठाए । झण्डामात्र राखेनन् भण्डासछगै नेपाली राष्ट्रिय गान बजाउनका लागी स्पिकर राखे र सबै गतिविधी खिच्न क्यामरासमेत राखे । वेलनमा राखिएको  तीन क्यामराको प्रोग्रामिङ उनले आफै गरेका हुन भने स्पिकरसमेत बिग्रिएको क्यामराको राखिएको थियो ।  लोहनीले पछिल्लो १४ महिना उक्त योजनाको लागि खर्चिएका थिए । क्यामेरामा प्रोग्रामिङ गर्न आफैंले स्क्रिप्ट  लेख्ने, मौसम अध्ययन गर्ने लगायत कामको लागि उनको समय खर्च भएको थियो ।

 करिब एक बर्ष जतिको अध्ययनपछि गत बुधबार उनले हेलियम भरिएको बेलुन छेउमा बाँधिएको नेपाली झण्डा ८० हजार फिट उचाईंसम्म फहरायो ।  सत्तरी हजार फिट माथि पुगेपछी वेलिनमा जडित स्पिकरमा  नेपाली राष्ट्रिय गान बज्न थालेको थियो ।

नर्थ इस्टर्न यूनिभर्सिटीमा कम्प्युटर ईन्जिनियरिङ पढिरहेका उनलाई प्रोफेसर कौशिक चौधरीले बोस्टनबाट फिसर्स ईण्डियाना आउने जाने भाडा र बसाईं खर्च ब्योहोरिदिएका थिए ।

Leave a Reply