दोहोरो नागरीकताका कारण साउथ अष्ट्रेलियन सिनेटरद्वारा राजिनामा

२६ नोभेम्बर २०१७, एडिलेड- साउथ अष्ट्रेलियाबाट अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने सांसद स्काई ककोस्क मुरले उनिसँग दोहोरो नागरीकता भएको प्रमाणित भएपछी संसदबाट राजीनामा दिएकि छन । उनीसँग ब्रिटिस बंसज नागरीकता भएको प्रमाणित भएको थियो । मुर निक जेनोफिन समुहबाट अष्ट्रेलियाको संसदमा प्रतिनिधित्व गर्ने तेस्री दोहोरो नागरीकता धारी हुन् । 

मुरकि आमा ब्रिटिस बाबुआमाबाट सन १९५७ मा सिंगापुरमा जन्मिएर सन् १९७० मा अष्ट्रेलिया आएकि थिइन जस्ले गर्दा मुर ब्रिटिस नागरीकताका लागी योग्य भइन । मंगलवार राती राजीनामा दिन कानुनी सुझाब पाएपछी राजीनामा दिने निर्णयमा पुगेको मुरले रुदै बताइन । उनले तत्काल राजीनामा दिएपछी उच्च अदालतमा उनको दोहोरो नागरीकता प्रकरणवारे सुनुवाहि हुनेछ ।

आफुलाई ब्रिटिस नागरीकताका लागी आयोग्य ठानिरहेकि मुरले १७ नोभेम्बरमा ब्रिटिस होम अफिसले उनी ब्रिटिस रहेको बताएको थियो ।

‘म लगायत सम्पुर्ण साथीहरुलाई खबरले मर्माहत बनाएको छ ।’ निक जिनोफिनले भने । ‘मलाइ विश्वास छ, आगामी प्रान्तिय निर्वाचनमा उनी पुन सांसद बन्नेछिन ।’ उनले थपे ।

उच्च अदालतले उनको पदपुर्ति गर्न पुन मत गणना गर्ने निर्णय गरेमा निक जिनोफिन समुह छोडिसकेका टिम स्टोरर नियुक्त हुनेछन ।

मुर सन १९८५ मा डार्विनमा जन्मिएकि हुन् । उनी परीवारसगै १० बर्ष ओमन बसिन र सन २००५ फ्लिण्डर युनिभरसिटीमा पढ्न  एडिलेड आइन ।

Leave a Reply