आत्महत्या गरेकि महिलाको बलत्कार भएको खुलेपछी रवीले गरे बलत्कारीलाई कारबाही गराइछाड्ने प्रण

२७ नोभेम्बर २०१७, एडिलेड- दुवहीमा आत्महत्या गरेकि नेपाली महिलाको मोबाइलमा रेकर्डिङ गरिएको भिडियोबाट सुपरभाइजरले बलत्कार गरेर हत्या भएको रहस्य बहिरिएपछी नेपाली सञ्चारकर्मी एवं सीधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछाने निकै भावुक र आक्रोसित बने । अमेरीकाबाट नेपाल फर्किएपछी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुदा ‘सीधा प्रश्न- प्रधानमनत्रीसँग’ चलाउदै आएका लामिछानेले माओबादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछी उक्त कार्यक्रमबाट हटाइएका थिए । त्यसपछी लामीछानेले ‘सीधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाई नेपालीहरुलाई पर्ने हरेक पीरमर्काहरुको हरसंभव समाधान खोज्ने प्रयत्न गर्नेगर्छन । देशको मुख्य आर्थीक स्रोत रेमिट्यान्स भइरहेको वर्तमान समयमा विदेसिएका नेपालीहरुका समस्याहरुलाई लामीछानेले विशेषरुपमा महत्व दिनेगरेका छन । 

दुवइको अरेबियन गल्फ नाम गरेको एक कम्पनीमा कार्यरत गोरखाकि महिलाले नोभेम्बर ४ मा  आत्महत्या गरेपछी उनको शव नोभेम्बर १६ मा नेपाल लगी काजकिरियासमेत सकिसकेपछी उनको मोबाइलमा रेकर्ड गरिएको भिडियोमा उनले सुपरभाइजरले आफुलाई बलतकार गरेका कारण आफुले आत्महत्या गरेको वताएकि थिइन भने सबैसँग माफि माग्दै सदाका लागी विदा भइन । गुरुङ्ग भाषामा रेकर्ड गरिएको उक्त भिडियो हेरीसकेपछी भावविह्वल वनेका लामिछानेले बलत्कारीलाई कारबाहि गराइछाड्ने प्रतिवद्दता व्यक्त गरेका छन भने समस्त दुबइका नेपाली संघसस्थालाई एकसाथ काम गरी हत्यारालाई कारबाहि गराउन सहयोग गर्न आग्रहसमेत गरेका छन ।

Leave a Reply