कति होला त मिस वल्डको कमाई?

२६ नोभेम्बर २०१७, एडिलेड- विश्वकै सुन्दर महिला अर्थात विश्व सुन्दरीको चर्चा धेरै हुन्छ । भर्खरै भारतकी मानुषी चिल्लरले सत्र बर्षपछी ‘मिस वर्ल्ड’को ताज जितिन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ ।

यसरी प्रतियोगीता जित्ने  विश्व सुन्दरीले कती पुरस्कार पाउँछन् भन्ने कुरा सबैको कौतुहलताको बिषय हो । भन्दा अपत्यारीलो लाग्न सक्छ विश्व सुन्दरीलाई लगाइने ताजको मुल्य २ देखि ५ करोडसम्म पर्छ ।  यो ताज नै जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार हो ।  यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । 

यसैगरी ‘मिस वर्ल्ड’ले नगदमत्र  १० करोड रुपैयाँ पुरस्कार पाउँछन् । यी बाहेक सित्तैमा विश्वको धेरै देश घुम्न पाउँछन् । विश्व सुन्दरी भएसँगै  सुन्दरीहरुलाईलाई मोडलिङ र चलचित्र क्षेत्रमाप्रवेश गर्ने मौकासमेत प्राप्त हुन्छ ।

Leave a Reply