नेपालमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुदै, ४० प्रतिशत सम्पन्न

२६ नोभेम्बर २०१७, एडिलेड- नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आइतवार ३२ जिल्लामा मतदान भैरहेको छ । निर्वाचन आयोगले दिउँसो साँडे १२ बजेसम्म ४० प्रतिशत मतदान सम्पन्न भएको बताएको छ छ । मध्याहृनसम्म औषतमा ४० प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको हो । मनाङमा सबैभन्दा बढी ५० प्रतिशत मतदान सम्पन्न भएको आयोगद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेभित्र सम्बन्धित मतदानस्थल प्रवेश गर्नेले मतदान गर्न पाउने आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ७ बजेदेखि छिटपुट घटना बाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ र प्रदेशसभातर्फ ७२ सिटका लागि मुलुकका हिमाली जिल्लाहरुमा मतदान जारी छ । अन्य ४५ जिल्लामा भने मंसिर २१ गते मतदान हुनेछ ।

Leave a Reply