एडिलेडमा सांस्कृतिक भवनका लागी बृहत छलफल

२५ नोभेम्बर २०१७, एडिलेड- गैर आवासीय नेपाली संघ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालको संस्कृति झल्कने किसिमको एक सांस्कृतिक भवन बनाउने बिषयमा शनिवार बृहत छलफल भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समुदायको सांस्कृतिक धरोहरका रुपमा रहने समुदायिक भवनको केही समयअघिदेखी व्याक्तिहरुबिच छलफल हुदै आएकोमा पहिलोपल्ट एडिलेडमा विभिन्न नेपाली संघसस्था र समुदायमा सक्रिय व्याक्तित्वहरुका बिचमा औपचारीक छलफल भएको हो । व्याक्तिगत स्तरमा छलफलहरु चलेका भएपनि सामुदायिक स्तरमा यसरी औपचारीक छलफल भने यसअघि भएको थिएन । 

मेरियन आर एस एलको भवनमा साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक वाणिज्य दुत दिपक धमला, अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक डा. कुश श्रेष्ठ, अष्ट्रेलियामा कार्यरत नेपाली इन्जिनियर राजु उपाध्याय लगायत एनआरएनए र अन्य विभिन्न संघसस्थाका प्रतिनिधिहरु संलग्न उक्त छलफलमा सांस्कृतिक भवनको आवश्यकताको बिषयमा एकमत देखिएपछी भवन निर्माणको कार्य अगाडी बढ्ने देखिएको छ । छलफलले सांस्कृतिक भवन निर्माणको प्रारम्भिक साम्भाब्यता अध्ययन गर्न एधार सदस्यिय एक समिति गठन गरि डिसेम्बरको अन्त्यसम्ममा प्रतिवेदन तयार गर्ने जिम्मेवारी सुम्पिएको छ । समितिले सांस्कृतिक भवनको प्रारम्भिक स्वरुप, अनुमानित लागत, संभावित स्थल, कार्यविधि, रकम संकलन विधि आदिवारे बृहत अध्ययन गरिसकेपछी भवन निर्माण मुल समिति गठन हुनेछ र यसरी भवन निर्माण मुल समिति गठन भइसकेपछी सांस्कृतिक भवन निर्माणको कामले मुर्तरुप लिने छ । यसरी बृहत अध्ययनका लागी गठित सिमितिमा दिपक धमला, अशोक केसी, राजु उपाध्याय, गोविन्द राना, गोकुल घिमिरे, रामचन्द्र थापा, दिपक लामा, सुरेन्द्र रेग्मी, नबिन कामवाङ्ग, डा. कुश श्रेष्ठ र अर्जुन लम्साल रहेका छन । समितिले प्रारम्भिक अध्यायन प्रतिवेदन तयार गरेपछी भवन निर्माणकार्यलाई मुर्तरुप दिन सर्वाधिकार सम्पन्न भवन निर्माण  मुल समिति गठन हुने छ । उक्त मुल समिति अन्तरगत बन्ने बिभिन्न समितिहरुले बिभिन्न चरणमा कामहरु गर्दै निर्माणको कार्यलाई निरन्तरता दिनेछन । भवनमा के के रहने भन्ने विषयमा पनि समुदायको अावश्यकता हेरी गठित मुल समितिले निर्धारण गर्ने छ ।

अघिल्लो कार्यकालका लागी गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको संयोजक पदमा चुनावि एजेण्डाका रुपमा सामुदायिक भवन निर्माणको कुरालाई पहिलोपल्ट औपचारीक रुपमा समुदायमा  लिएर आएका गोविन्द रानाको पराजयसंगै सामुदायिक भवनको बिषय सिथिल बनेको थियो ।

Leave a Reply