अष्ट्रेलियाले दियो नागरीकलाई मर्न पाउने अधिकार
२२ नोभेम्बर २०१७, मेलबर्न- संसदबाट मृत्युवरण गर्न पाउने अधिकार पारीत भएसँगै Euthanasia अर्थात मृत्युवरण रोज्न पाउने अधिकार दिनेमा भिक्टोरिया अष्ट्रेलियाको पहिलो राज्य भएको छ । अष्ट्रेलियामा यसअघि मृत्यु रोज्न पाउने कानुन थिएन । कानुन पास भएसँगै भिक्टोरीया राज्यमा दीर्घ अर्थात निको नहुने रोग लागेकाले मृत्यु रोज्न पाउने छन र उनिहरुलाई सजिलोसँग मर्न सहयोग गर्न डाक्टरहरुका लागी बाटो खुला भएको छ । भिक्टोरीयाको माथिल्लो संसदबाट २२ सांसदहरुको भोटबाट उक्त बिबादित कानुन पारीत भएको हो । कानुनको विपक्षमा १८ भोट खसेको थियो ।
पुर्बप्रधानमन्त्री टोनी एबटले भने उक्त कानुन प्रति असन्तुस्टि जाहेर गरेका छन । सो एक अस्मपतालमावार न्यु साउथ वेल्सको हृदयघात भएका बाबुसँग रहेका एबोटले भने “निको नहुने रोग लागेकाहरुको दुख समाप्त पार्नुपर्छ, जीवन होइन ।”
“समलिङ्गी सम्बन्धि कानुनप्रति हामी धेरै केन्द्रीत भएका कारण यो कानुनप्रति हामीले खासै छलफल गर्न पाएनौं । मान्छेको बाच्न पाउने अधिकारको सम्मान हुनुपर्छ । मलाई विश्वास छ, भविस्यमा भिक्टोरियाको कानुनले यो निर्णयलाई उल्ट्याउने छ । ” उनले थपे ।
निरन्तर २८ घण्टा लामो संसदको बैठकले उक्त कानुनलाई पारीत गरेको हो । संसोघनसहितको कानुन तल्लो सदनको अन्तिम भोटका लागी पठाइने छ । अवको करीब १८ महिनापछि उक्त कानुन लागु भइसक्ने छ ।
कानुन बनिसकेपछी निको नहुने रोग लागी छ महिनाभित्र मर्ने अनुमान गरिएकाहरुले जीवन समाप्त गर्न पाउने छन । न्युरोडिजेनेरेटिभ रोग लागेकाहरुले भने एक बर्षसम्मको अवधिभित्र मर्ने अनुमान गरिएको अवस्थामा समेत मृत्यु रोज्न सक्ने छन ।
Leave a Reply