सरकारको नागरीकता सम्बन्धि प्रस्ताव विफल, आप्रवासीहरुमा खुसीयाली
१८ अक्टोवर २०१७, एडिलेड- अष्ट्रेलियाका आप्रवासी सम्बन्धि मन्त्री पिटर डटनको नागरीकतासम्बन्धि विबादस्पद विधेयक संसदबाट अस्विकृत भएको छ । संसदले दिएको समयसीमाभित्र आप्रवासीमन्त्रीले प्रस्तावलाई छलफलका लागी प्रस्तुत गर्न नसक्दा प्रस्ताव अस्विकृत भएको हो । सरकारले पुन उक्त विधेयकलाई छलफलका लागी ल्याउन त्यसमा निकै फेरबलद गर्नुपर्ने हुन्छ ।
“अष्ट्रेलियामा काम गरिरहेका र पढिरहेकाहरुले महिनौंको अन्योलतापछि अब निर्धक्कसाथ आफ्नो भविष्यका वारेमा निर्णय गर्न सक्छन । ” संसदमा ग्रीन पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने निक म्याकिमले भने ।
आप्रवासी मन्त्री डटनले भने सरकार नागरीकतासम्बन्धि विधेयक ल्याउन आतुर रहेको तर कहिनेसम्म ल्याउने भन्ने कुरामा निश्चित नरहेको बताए ।
निक जेनोपिन टीमले नागरीकताका सवालमा अदालतको आदेश उल्ट्याउनेसम्मको अधिकार आप्रवासी मन्त्रिलाई दिने विधेयकको प्रवधानको पक्षमा आफ्नो दल नरहेको बताएको छ ।
गत महिना नै डटनको नागरीकतासम्बन्धि बिधेयक अहिलेकै अवस्थामा संसदबाट पास नहुने देखिएपछि अधिकासं सांसदहरुले उक्त विधेयकलाई बुधवारसम्म छलफलका लागी प्रस्तुत गर्न दिने पक्षमा मतदान गरेका थिए ।
तोकिएको समयसीमाभित्रमा छलफलका लागी संसदमा पेश नभएपछि उक्त प्रस्तावलाई संसदको विचाराधिन प्रस्तावहरुमध्येबाट हटाइएको छ ।
डटनले मंगलवामात्र उनको प्रस्तावमा भएको नागरीकताका लागी अंग्रेजीमा विश्वविद्यालयको छैटौं तहलाई पाचौंमा झार्नेवारे सरकारमा सामेल अन्य दलसँग छलफल गरेका थिए । त्यतिमात्र परीवर्तन गर्दा ग्रिन दल र निक जेनोपिन टीमले नमानेपछि प्रस्ताव फेल भएको हो ।
प्रस्ताव बिफल भएसगै आप्रवासीहरुमा खुसीयाली छाएको छ ।
Leave a Reply