डा. केसीको स्वास्थअवस्था गम्भिर, दलहरु व्याक्तिगत स्वार्थ र सत्तालिप्सामै

१८ अक्टोवर २०१७, काठमाण्डौ- नेपाली जनता तिहारको रमझममा व्यस्त भइरहदा ३ करोड नेपाली जनताको स्वास्थ सेवाको सुनिश्चितताका लागी पटक-पटक अनशन बस्दै अएका ६० बर्षिय डाक्टर गोबिन्द केसी १३ अौं पटक अनसनको १४ औं  दिनसम्म आइपुग्दा उनको स्वास्थ स्थिति निकै गंभिर मोडमा आइपुगेको उनको स्वास्थ हेरविचार गरिरहेको डाक्टरहरुको समुहले बताएको छ । डा. केसीको पछिल्लो समयमा जिउ बाउडिने, निकै कमजोर महशुस गर्ने, पेटको अत्याधिक दुखाइ, असजिलो, छाती दुख्ने साथै टाउको लगायत पुरै जिउ दुखाइको समस्या निकै जटिल बन्दै गरेको उक्त समुहले बताएको छ ।

डा. केसीको रक्तचाप र रक्तकणहरुको संख्या साधारणभन्दा निक्कै कम रहनुका साथै रहतमा हुने खनिजपदार्थहरुको मात्रा पनि निक्कै कम छ । उनको युरीक एसिडकको मात्रा बढीरहेको छ । रगतमा हुने अन्य पोषण तथा भिटामिनको मात्रापनि घट्दो छ । यदी उनको अनशनको दिन लम्बिदै जाने हो भने उनलाई ईन्फेक्सनको उच्च जोखिम रहने, हृदयघात हुनसक्ने तथा अंगहरुले काम गर्न छोड्ने बताईएको छ । डा. केसीलाई कुनैपनि बेला आकश्मिक कक्षमा सारिनुपर्ने अवस्था आउनसक्ने चेतावनी डाक्टरहरुले दिएका छन् ।

जनतामुखी एवं विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै केसी तेह्रौपटक अनशन बसिरहेका छन । सरकारले उनको अनशनका समयमा माग पुरा गर्ने गरि वार्ता गर्ने गरेपनि कार्यान्वयनमा आनाकानी गर्दै आइरहेको छ ।

दलहरु भने सत्ता लिप्साका कारण राजनितिक खिचातानीमा व्यस्त छन् ।

 

Leave a Reply