एडिलेडमा उल्लासका साथ तिहार मनाइदै, देउसी नै देउसी

१९ अक्टोवर २०१७, एडिलेड- एडिलेडमा नेपालीहरुको संख्या बढेसँगै उल्लासका साथ आफ्ना चाडपर्वहरु मनाउने क्रम बढेको छ । यमपञ्चकको दोस्रो दिन कुकुर तीहार देखि नै यहास्थित नेपालीहरु संगठनहरुले देउसीभैलो खेल्न शुरु गरेका थिए । देउसी भैलो खेल्नेमा  एडिलेड नेपाली समाज, उत्तरको नेपाली वालवालिकालाई नेपाली भाषा, कला, सस्कृति आदि सिकाउने नेपाली पाठशाला, एडिलेडमा खाली क्यान संकलन गरेर नेपालको शिक्षा लगायतका क्षेत्रमा योगदान पुर्याइरहेको संस्था ‘बोटल फर स्कुल’, एडिलेडमा नेपाली फुटबल क्लब ‘एडिलेड खुकुरी फुटवल क्लब’ आदि छन् । 

हरेक बर्षझैं नेपालीको कला र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले देउसी भैलो खेलिएको एडिलेड नेपाली समाजका अध्यक्ष राजेश अधिकारीले बताए । आफ्नो घरमा एडिलेड नेपाली समाजलाई निमन्त्रणा गर्न चाहनेले एडिलेड नेपाली समाज देउसी भैलो आयोजक समिति संयोजक यदु आचार्यलगायत समाजका कार्यकारी सदस्यलाई जानकारी गराउन सकिने समाजले बताएको छ ।

यसैगरी पाठशालाको देउसीभैलोका लागी पाठशाला संयोजक अनिता लम्साललाई वा पाठशालाको फेसबुक प्रोफाइलमा सम्पर्क गर्न सकिने छ ।

गत वर्ष उल्लासका साथ देउसी-भैलो खेलेको इनास साउथ अष्ट्रेलियाले भने विशेष कारणले यसपालीको देउसी भैलोको कार्यक्रमलाई स्थागीत गर्यो । ‘हामीले यस बर्ष नखेल्ने निष्कर्षमा पुग्यौं । अर्को पाली भने अवश्य खेल्छौं ।’ इनास साउथ अष्ट्रेलिया अध्यक्ष विकाश शर्मा पोखरेलले भने ।

नेपालीहरुले आज साँझ घर-घरमा लक्ष्मीको पुजाआराधना गरी शनिवार भाइटीका लगाउने गर्छन ।

Leave a Reply