नेपाली विद्यालयमा दीपा सापकोटा, नविन कडेल व्यवस्थापन समिति अध्यक्ष

७ अक्टोवर २०१७, एडिलेड- दक्षिणी एडिलेडमा नेपाली वालवालिकाहरुलाई नेपाली भाषा, कला, संस्कृति तथा साहित्यवारे ज्ञान दिने एडिलेड नेपाली विद्यालयको प्रधानाध्यापकका रुपमा दीपा सापकोटा चयन भएकि छन् । शनिवार भएको व्यवस्थापन समिति एवं बृहत अभिभावक बैठकको निर्णय अनुसार दीपा सापकोटालाई चयन गरिएको एडिलेड नेपाली विद्यालयको माउसंस्था एडिलेड नेपाली समाजले जनाएको छ । मञ्जु खड्का रेग्मी विद्यालयको स्थापनाकालदेखी प्रधानाध्यापक रहदै आएकि थिइन् । वैठकले विद्यालयको स्थापनाकालदेखी अनवरत रुपमा विद्यालयलाई गरेको सहयोगका लागी खड्कालाई धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी संस्थाको व्यवस्थापन समितिको अध्यक्षमा नविन कडेल चयन भएका छन । कडेल गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको पुर्व संयोजक हुन् ।

Leave a Reply