साउथ अष्ट्रेलियामा नेपालीहरुको सामुहिक दशैं

५ अक्टोवर २०१७, एडिलेड- मंगलवार साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालीहरुले सामुहिक दशैं मनाएका छन । नवअागन्तुक विद्यार्थीहरुलाई लक्षित गर्दै दशैं कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालबाट आएका अभिभावकहरुको हातबाट टीका लगाउने कार्क्रम रहेको थियो । कार्यक्रममा दुर्गाको समेत स्थापना गरिएको थियो । उपस्थितहरुलाई मासुचिउरा, हल्का पेयलगायतका खानेकुराको समेत प्रबन्ध गरिएको थियो । कार्यक्रमको आयोजना अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको अग्रसरतामा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलिया, एडिलेड नेपालीसमाज, गुठी साउथ अष्ट्रेलिया र फ्लिण्डर युनिभरसिटी नेपाली विद्यार्थी संगठनले संयुक्तरुपमा गरेका थियो । “बल्लमात्र दशैं आएजस्तो भयो ” मिच्याम रिजर्भमा आयोजित उक्त कार्यक्रममा दशैं मन्त्रसहितको टिका लगाएपछि उपस्थित एक महिलाले भनिन् । 

विगतदेखी नै एडिलेडमा हरेक बर्ष नेपालीहरुको सामुहिक दशैं कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

Leave a Reply