एक्सपर्टले एडिलेडमा स्थायी बसोवास र परिवर्तित नियमबारे नि:शुल्क परामर्ष कार्यक्रम गर्ने

७ अक्टोवर २०१७, एडिलेड- शिक्षा परामर्ष, स्थायी बसोवास, अष्ट्रेलियन कर, होम लोन आदि विभिन्न क्षेत्रमा काम गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको एडिलेड शाखाले एडिलेडमा स्थायी बसोवास र केही  अगाडी परिवर्तित नियमबारे नि:शुल्क परामर्ष कार्यक्रमको आयोजना गर्ने भएको छ । एडिलेडमा आफ्नो शाखा स्थापनाको तेस्रो बर्ष प्रवेशको अवसरका यस्तो कार्यक्रमको आयोजना गरिएको एडिलेड शाखाका व्यवस्थापक रुपक बर्तौलाले अनलाईन एडिलेडलाई बताए । कार्यक्रम शुक्रवार, १३ अक्टोवरका दिन संस्थाको 90 King William Street को Level 2 मा अवस्थित नयां अफिसमा ११ बजेदेखी ४ बजेसम्म हुने बताईएको छ । 

कार्यक्रममा ३० सेप्टेम्वरमा विद्यार्थी तथा स्थायी भिषामा भएका प्रक्रियागत परिवर्तनका वारेमा, एकाउन्टिङ विषयवाट अष्ट्रेलियाको स्थाई बसोवासका लागी चाहिने ८५ अंक कसरी प्राप्त गर्ने, अष्ट्रेलियामा स्थायी बसोवास प्राप्त गर्ने बाटाहरु के-के छन लगायत बिषयमा निशुल्क परामर्ष दिईनेपनि बर्तौलाले वताए । उक्त दिन अन्य राज्यवाट आएका संस्थाका व्यवस्थापकका अतिरिक्त संस्थाका प्रमुख कार्यकारी सञ्जिव कुमार शर्मालाई पनि भेट्न सकिने छ । कार्यक्रममा होम लोन तथा अष्ट्रेलियाको कर बिषयमा जानकारीका लागी ट्याक्स एकाउन्टेन्ट मञ्जित घिमिरेपनि रहनेछन् ।

कार्यक्रममा प्रवेश निशुल्क रहने छ भने उपस्थितले खाना र पेय पदार्थपनि पाउनेछन् । यसका साथै उपस्थितमध्येबाट ५ जनालाई लक्कि ड्रमा समावेस भइ PTE  को $330 वरावरको भौचर प्राप्त गर्ने अवशरपनि  प्राप्त हुनेछ ।

सन् २००३ देखी शिक्षा परामर्षको क्षेत्रमा काम गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको नेपालका काठमाण्डौ, पोखरा, हेटौडा, बिराटनगर, बिर्तामोडलगायत प्राय मुख्य शहरहरुमा शाखा विस्तार भइसकेका छन भने अष्ट्रेलियामा सिड्नी, मेलवर्न, ब्रिसवेन, एडिलेड र गोल्ड कोस्टमा शाखाहरु रहेका छन । एक्सपर्टले नेपाल लगायत भारत, पाकिस्तान, चीन, भियतनाम, कोरीया, बंगलादेश आदि देशका नागरीकहरुलाई आफ्नो सेवा उपलब्ध गराउदै आएको छ ।

Leave a Reply