साउथ अष्ट्रेलियाको संसद भवनमा नेपालीहरुको महान चाड दशैं मनाइदै

७५ बढी नेपालीहरुलाई निमन्त्रणा

२७ सेप्टेम्वर २०१७, एडिलेड- नेपालीहरुको महान चाड दशैंको टिकाका लागी पहिलोपल्ट साउथ अष्ट्रेलियाका नेपाली संघ-संस्थाहरुमा सक्रिय करीव ७५ नेपालीहरुलाई साउथ अष्ट्रेलियाको सांसद भवनमा निमन्त्रणा गरिएको छ । बुधवार इमेलमार्फत निमन्त्रणा पत्र पठाई निमन्त्रणा गरिएको हो ।  साउथ अष्ट्रेलियाको माथिल्लो सदनका अध्यक्ष रसेल वाट्ली तथा टोरेन्सबाट संसदमा प्रतिनिधित्व गर्ने डाना वाट्लीको नाम रहेको गरेको उक्त पत्रमा साउथ अष्ट्रेलियाको संसद तथा गैर आवासीय नेपाली संघ साउथ अष्ट्रेलियाको लोगो अंकित गरिएको छ ।  संसद भवनमा दशैंको टिकाको लागी विहिवार, ५ अक्टोवरमा कार्यक्रम रहेको बताईएको छ । उक्त निमन्त्रणा पत्रमा नेपाली भाषामा नै ‘बिजया दशमी तथा दीपावलीको शुभकामना‘ पनि लेखिएको छ ।

यसरी संसद भवनबाट नेपालीहरुको महान चाड दशैंमा ऐतिहासिक रुपमा निमन्त्रणा हुनुले साउथ अष्ट्रेलियाको सरकारी तहमा नेपाली हरुको प्रभाव वढेको विश्लेषकहरु बताउछन् । साउथ अष्ट्रेलियाको संसदमा नेपालीहरुको महान चाड दशैं मनाउने कुरा निकै गौरवको बिषय रहेको अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक डा. कुश श्रेष्ठको प्रतिक्रिया रहेको छ ।

“नेपालीहरुलाई दशैंमा टिकाकै लागी संसदमा निमन्त्रणा गरिएको अष्ट्रेलियाकै इतिहासमा सायद यो नै पहिलोपटक होला ।” गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले भने ।

अष्ट्रेलियाको अन्य राज्यको तुलनामा साउथ अष्ट्रेलियामा नेपालीहरुको संख्या थोरै रहेपनि प्रभाव भने निकै बढी रहदैं आएको छ । नेपालीहरुले गर्ने प्राय कार्यक्रमहरुमा सरकारी प्रतिनिधी तथा दलका नेताहरुको उपस्थिति रहने गरेको छ ।

Leave a Reply