पहिलोपटक अष्ट्रेलिया आउदै हुनुहुन्छ? के के कुरामा ध्यान पुर्याउनुपर्छ?
गलत जानकारीले भिषासम्म क्यान्सल हुन सक्छ
२६ सेप्टेम्वर २०१७, एडिलेड (मिलन दाहाल)- अन्य देशका नागरीकहरुलाई प्रवेश दिने विभिन्न देशका आ-आफ्ना नियम कानुनहरु हुन्छन, अष्ट्रेलियाको पनि आफ्नै नियमहरु छन । उनको देशमा प्रवेश पाउनका लागी हामीले निर्धारीत नियम कानुनहरुलाई पुर्णरुपमा पालना गरेको हुनुपर्दछ, तवमात्र हामीले प्रवेश पाउन सकिन्छ । यसरी विदेशी नागरीकलाई प्रवेश दिने सम्बन्धि अष्ट्रेलियाको पनि आफ्नै कानुन छ । अष्ट्रेलियाभित्रपनि विभिन्न राज्यहरुका आ-आफ्नै नियमहरु रहेका छन ।
विदेशबाट अष्ट्रेलियाको कुनैपनि राज्यमा प्रवेश गर्दै हुनुहुन्छ भने तपाईले अष्ट्रेलियाको एयरपोर्टमा ल्याण्ड हुनासाथ एउटा फर्म भर्नुपर्ने हुन्छ जसलाई “Incoming Passanger Card” भनिन्छ । अष्ट्रेलियाको माइग्रेसन कानुन १९५८ र माइग्रेसन रेगुलेसन १९९४ अनुसार उक्त फर्म भर्नैपर्ने हुन्छ । उक्त फर्म तपाईले यात्रा गर्नुहुने एयरलाईन्सले यात्राको समयमा प्लेनमा नै उपलब्ध गराउने गर्दछ । फर्म कालो वा निलो मसिले अंग्रेजीमा भर्नुपर्ने हुन्छ ।
के के जानकारी मागिएको हुन्छ उक्त फर्ममा?
उक्त फर्ममा शुरुको भागमा निम्नअनुसारका तपाईका व्याक्तिगत विवरणगहरु मागिएको हुन्छ ।
१. थर
२. नाम
३. पासपोर्ट नम्वर
४. फ्लाईट नम्वर (सिपबाट आउनुभएको छ भने सिपको नाम)
५. अष्ट्रेलियामा तपाई रहने ठेगाना
६. तपाई अष्ट्रेलियामा १२ महिनाभन्दा बढी रहनुहुने भइ सो को जानकारी
७. तपाईको टिवी रोग छ कि छैन ?
८. तपाईको आपराधिक पृष्ठभुमी छ भने जानकारी गराउनुपर्ने हुन्छ ।
९. तपाईको अष्ट्रेलियाको सम्पर्क नम्वर, इमेल ठेगाना वा धरको ठेगाना
१०. कुन देशबाट यो प्लेनमा चठ्नुभयो ?
११. तपाईको पेशा के हो?
१२. पासपोर्टमा भएबमोजीम तपाईको राष्ट्रियता
१३. जन्ममिति
१४. तपाई स्थायीरुपमा अष्ट्रेलिया आउनुभएको भए सो को जानकारी
१५. अष्ट्रेलिया अस्थाई रुपमा आउनुभएको भए अष्ट्रेलियामा रहने समय, तपाई बस्ने देश, तपाई अष्ट्रेलिया आउनुको कारण
व्याक्तिगत विवरणपछि तपाईले आफुसग ल्याउनुभएको सामानहरुको जानकारी गराउनुपर्ने हुन्छ । के के कुराको जानकारी गराउनुपर्छ त तल हेर्नुहोस् ;
१. औषधी, Steroids, पोर्न सामाग्रीहरु, हातहतियार वा ड्रगलगायतका प्रतिवन्धित सामाग्री
२. २,२५० ml भन्दा बढी मादकपदार्थ (Alcohol), ५० वटाभन्दा वढी चुरोट वा ५० ग्रामबढी सुर्ती वा तमाखु भएमा
३. अष्ट्रेलिया बाहिर $900 भन्दा बढीको कुनै कुरा (उपहार दिन किनेको बस्तुसमेत) भए सो को जानकारी
४. व्यापारको लागी कुनै सामाग्री स्याम्पल देखाउन ल्यानुभएको भए
५. अष्ट्रेलियन डलर १० हजार वा सोभन्दा बढी रकम
६. मासु, कुखुरा, माछाजन्य खाना, अण्डा, दुघजन्य सामाग्री, फलफुल वा तरकारी
७. कुनैपनि किसिमका दालहरु, वीउबिजन, बिरुवा, बिरुवाका हागां, आयुर्वेदिक अौषधी अथवा काठका सामाग्री
८. कुनैपनि किसिमका जनावर, जनावरका खाना, जनावरका छालानिर्मित सामाग्री, चरा, माछा, किरा, मह आदी
९. माटो र माटो लागेका सामाग्रीहरु (विदेशमा लगाएका जुत्ता भए सो पनि)
१०. गएको ३० दिनभित्रमा कुनै फार्म, माछा पाल्ने पोखरी, जंगल, ताल आदिमा जानुभएको भए सो को जानकारी
११. गएको ६ दिनमा अफ्रिका, दक्षिण अथमा मध्य अमेरीका अथवा क्यारेबियन क्षेत्रमा जानुभएको भए सो को जानकारी
माथीका विवरणहरु कानुनी प्रक्रिया भएकाले तपाईले सत्यतथ्य उपलव्ध गराउनु तपाईको कर्तब्य हुन जान्छ । यदी कुनै पनि विवरण सत्य नभएको ठगरेमा तपाईले कानुनबमोजीम सजायको भागीदार हुनुपर्ने हुन्छ । गलत विवरण दिएको खण्डमा तपाईको भिषा ने रद्द हुनेसम्मको सजाय अष्ट्रेलियाको कानुनमा छ ।

Leave a Reply