अष्ट्रेलिया आउने विद्यार्थीलाई नेपालमै अनिवार्य बीमा गराउने सहमति
२५ सेप्टेम्वर २०१७, क्यान्वेरा- गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया र नेपाली दुतावासबिच २० सेप्टेम्वरमा भेटघाट एवं छलफल भएको छ । छलफलमा दुतावासको तर्फबाट महामहिम राजदुत लक्कि शेर्पा तथा उपनियोग प्रमुख राजेन्द्र पाण्डे र गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका तर्फबाट अध्यक्ष टोनु घोताने उपाध्यक्षहरु राजन ढुङ्गेल तथा नन्दु गुरुङ, सचिव देव गुरुङ तथा सदस्यहरु आदर्श जंग पाण्डे र सुरेस रेग्मीको सहभागीता रहेको थियो । सो छलफल कार्यक्रममा देहायबमोजीमका सहमति भएको छ ;
१. गैर आवाशिय नेपाली नागरीकता सम्बन्धि नियम छिटो भन्दा छिटो तर्जुमा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने
२. अष्ट्रेलियामा नेपाली नागरीकलाई पर्न सक्ने भवितब्य, मृत्यु लगायतका घटनाका सम्बन्धमा तत्काल राहत र सहयोग गर्न नेपाली दुतावासले बजेट व्यवस्थापनका लागी नेपाल सरकारलाई अनुरोध गर्ने । एनआरएनए र नेपाली दुतावासको समन्वयमा राहत र सहयोग प्रदान गर्ने ।
३. एनआरएनए अष्ट्रेलियाले संस्थाका राहत, सहयोग र संस्थाका गतिविधिवारेको जानकारी दुतावासलाई नियमित रुपमा गराउने
४. अष्ट्रेलियामा अध्यायनरत विद्यार्थीहरुको हक, हीत र गुणस्तरीय शिक्षाका लागी नेपाली दुतावास, अवैतानिक महा/वाणिज्य दुतावासहरु र एनआरएनए अष्ट्रेलियाको संयुक्त प्रयासमा विद्यार्थीका प्रतिनिधि र परामर्षदाताहरुबिच अष्ट्रेलियाको हरेक राज्यमा छलफल गराउने । साथै अष्ट्रेलिया अध्यानका लागी आउने नेपाली विद्यार्थीहरुले नेपालमा नै अनिवार्य बीमा गराउने तर्फ काम गर्न नेपाल सरकारको शिक्षा मन्त्रालयलगायत सरोकालवाला निकायमा नेपली दुतावास, र एनआरएनए अष्ट्रेलियाले विशेष पहल गर्ने ।
५. नेपालको खेलकुदको विकाशका लागी नेपाल र अष्ट्रेलियन टीमबिच मैत्रीपुर्ण खेल गराउन नेपाली दुतावास र एनआरएनए अष्ट्रेलियाले विशेष पहल गरी खेल कुटनिति शुरु गर्ने ।
६. नेपालको पर्यटन प्रवर्दन तथा आर्थिक कुटनीतिमा टेवा दिन एनआरएनए अष्ट्रेलियाले नेपाली दुतावाससँग समन्वय गरी स्थानिय नेपाली समुदायका संघसस्था तथा संचारमाध्यमहरुको संलग्नतामा अष्ट्रेलियन नागरीकलाई नेपाल भ्रमणतर्फ आकर्षित गार्न नेपाल फेस्टिवल, नेपाल टुल एन ट्राभल कार्यक्रमलगायतका कार्यक्रम गर्ने ।
७. यस प्रकारका छलफललाई आगामी दिनमा अझ प्रगाढ बनाउने ।
विभिन्न विषयहरुमा छलफल भइ सातबटा यति गहन विषयहरुमा सहमति भइसक्दा नेपाली कला, संस्कृति, भाषा र साहित्य प्रवर्दनका कुरा नसमेटिएकोमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाका सचिव गणेश घिमिरेले भन्ने असन्तुष्टि व्याक्त गरेका छन । “एनआरएनए अस्ट्रेलिया र नेपाली राजदुतावासले नेपाली भाषा , साहित्य, कला र संस्कृतिको बारेमा बोल्न पनि नसक्नुको कारण चाही पत्ता लगाउन सकिएन ।” उनले भने ।
गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले भने घिमिरेले उठाएका कुराहरु अत्यन्त महत्वपुर्ण रहेको भएपनि नेपाली दुतावास र संघको पहिलो ऐतिहासिक भेटघाटमा ति कुराहरु समावेस हुन नसकेको भएपनि आगामि छलफलहरुमा उच्च महत्वका साथ छलफल गरिने प्रतिक्रिया दिएको छ ।
Leave a Reply