भब्य उपस्थितिबिच एडिलेडबाट तीजको मैझारो, बाढीपिडीतका लागी ५० हजार संकलन

३५० बढीको उपस्थिति

20930523_10210520647914246_1101471768_o

फोटो: बिजय पोखरेलको फेसबुकबाट

१६ अगष्ट २०१७, एडिलेड- बुधवार भब्य कार्यक्रमका बिच एडिलेडको नेपाली समुदायको तर्फबाट यसपालीको तीज कार्यक्रमको मैझारो भएको छ । एडिलेड नेपाली समाजको आयोजनामा क्लोभेल्ली पार्क मेमोरियल कम्युनिटि सेन्टरमा अपह्रान्न ४ बजेदेखी भएको थियो । कार्यक्रममा समाजकि अध्यक्ष सन्तोषी गौतमले भनेबमोजीम पुराना नेपाली गीतहरुलाई एडिलेडका नेपाली चेलीहरुले पस्किएका थिए । यसका साथै इनास तथा एडिलेडका कलाकारहरुले आकर्षक नृत्यहरुसमेत प्रस्तुत गरेका थिए भने नेपाली चेलीहरुले नाचेर भरपुर मनोरञ्जन गरेको दृष्यहरुसमेत कार्यक्रममा प्रसस्तै देख्न सकिन्थ्यो । कार्यक्रमलाई लाहुरी टिभिले लाईभ प्रशारणसमेत गरेको थियो । प्रवेश शुल्क १० डलर कायम गरिएको उक्त कार्यक्रममा दरको समेत व्यवस्था रहेको थियो । उपस्थितहरुले भरपुर मनोरञ्जनका अलावा खानाको विशेष तारीफ गरेका थिए । 

 सेज होम लोन्स र प्यासिफिक एजुकेशन तथा भिसा सर्भिसेस एडिलेडले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा नेपालमा हालसालै गएको बाढीपिडीतहरुका लागी राहत संललनसमेत गरिएको थियो । कार्यक्रममा नेपाली  ४५ हजार रुपयाभन्दा बढी संकलन भएको जानकारी गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका उपसंयोजक आशोक केसीले अनलाईन एडिलेडलाई दिए ।

एडिलेड नेपाली विद्यालयकि प्रधानाध्यापक मञ्जु खड्का र प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया अध्यक्ष हेम खनालले संचालन गरेको उक्त कार्यक्रममा ३५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

Leave a Reply