नेपालको बाढीमा ज्यान गुमाएकाहरुको स्मृतीमा साउथ अष्ट्रेलियामा शोकसभा गरिने

२० अगष्ट २०१७, एडिलेड- करिब एक साताअघि नेपालमा अविरल बर्षाका कारण आएको बाढीमा ज्यान गुमाउनेहरुको आत्माको चीर शान्तिको कामना गर्दै साउथ अष्ट्रेलियामा शोकसभा गरिने भएको छ । गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा शोकसभा गर्न लागिएको हो । आगामी शुक्रवार (२५ अगष्ट) मा साँझ ५:३० बजेदेखी मैनबत्ति बालेर शोकसभा गरिने गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाले जनाएको छ । शोकसभा ग्लनेल्गमा हुने बताईएको छ ।

“स्वदेशलाई दुख्दा प्रवासलाई पनि दुख्छ । यो दुखमा ऐक्यवद्दता जनाऔं र सक्दो सहयोग गरौं । “ संघले भनेको छ ।

पुर्बी नेपालमा गतसाता आएको बाढीका कारण २५० जनाभन्दा बढीको ज्यान गएको थियो भने १५० जनाभन्दा बढी अझै बेपत्ता छन । पुर्वी नेपालका २६ जिल्लामा बाढीका कारण ७ हजारभन्दा बढी परीवार बिस्थापित भएको नेपाल सरकारले बताएको छ ।

Leave a Reply