बिपुल क्षेत्री एडिलेड आउदैं, दार्जीलिङ्गे स्वादको नेपाली संगीतको मजा लिन पाइने

१४ अगष्ट २०१७, एडिलेड- नेपाली गीत संगीत तथा कलाकारहरुलाई साउथ अष्ट्रेलियामा बजार दिइरहेको थ्री केसी इन्टरटेनमेन्टले यसपाली एडिलेडलाई दार्जीलिङ्गे  नेपाली संगीतको स्वाद चखाउने भएको छ । केही साताअघिमात्र चर्चित नेपाली सांगीतिक समुह नेपथ्यलाई स्वागत गरेको थ्री केजीले कालिङ्पोङमा आधारीत रहेर नेपाली गीत-संगीतको क्षेत्रमा सक्रिय रुपमा लागीरहेका बिपुल क्षेत्रीलाई प्रस्तुत गर्न लागेको हो । बिपुल क्षेत्री  हृदय-स्पर्षी गीतहरु गाउने मध्येका गायकमा पर्छन ।

ग्रेस इन्टरनेसनल एडिलेडको मुख्य प्रायोजनमा बिपुल क्षेत्री र द ट्राभलिङ्ग ब्याण्डले  २९ अगष्ट २०१७ मा साँझ ७:३० बजेबाट आफ्नो प्रस्तुति दिनेछन । कार्यक्रम पोर्टरोडमा अवस्थित “The Gov” मा हुनेछ । टिकट दर छोटो समयको लागी ३० कायम गरिएको छ त्यसपछि प्रि-बुकिङमा ३५  र ढोकामा ४० तिर्नुपर्ने हुन्छ । कार्यक्रममा लागी परीचयपत्र अनिवार्य छ भने १८ बर्षमाथीकाले मात्र कार्यक्रममा सहभागी हुन पाउने छन । कार्यक्रमस्थलमा छुट्टै पैसामा खानाका परीकारहरु तथा पेय पदार्थ उपलब्ध हुने थ्री केजीका खुम घलेले बताए ।

Leave a Reply