एडिलेडमा काठमाण्डौको सबैभन्दा ठुलो ‘पथ पर्व’, इन्द्रजात्रा मनाइदै
कुमारीको रथयात्रा पनि गरिने
१४ अगष्ट २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेड शहरमा काठमाण्डौंको सवैभन्दा ठुलो ‘पथ पर्व‘ अर्थात इन्द्र-जात्रा मनाउन लागिएको छ । गुठी साउथ अष्ट्रेलियाको आयोजनामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी ३ सेप्टेम्बर २०१७ आइतवारका दिन अपह्रान्न १२:३० बजेदेखी EDWARSTOWN MASONIC HALL मा कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा मुख्य दुई भाग रहने आयोजकले बताएका छन । पहिलो भागमा स्वर्गका राजा इन्द्रलाई खुसी पार्न देवता तथा दानवको मखुण्डो लगाएर बिभिन्न खाले नृत्य गर्ने गरिन्छ । दोस्रो भागमा जीवित देवी कुमारीको रथयात्रा गराइने कार्यक्रम रहेको छ ।
नेपाल भाषामा ‘येन्य-पुन्हि‘ भनेको काठमाण्डौं पर्व हो । काठमाण्डौ उपत्यकामा परापुर्वकालदेखी यो पर्व मनाउने गरिएकाले यसलाई ‘येन्य-पुन्हि‘ पनि भन्ने गरिएको छ । कार्यक्रममा नेवारी सांस्कृतिक नृत्यहरु साथै विशेष आधिकारीक नेवारी खाना समाया वाजी अन्य आकर्षणका रुपमा हुनेछ । यसका अलावा कार्यक्रममा फेस पेन्टिङ र बच्चाहरुका लागी Bounce Castle पनि हुनेछ । कार्यक्रममा प्रवेश निशुल्क रहने छ ।
Leave a Reply