एडिलेडमा नापियो सगरमाथाको गहिराइ, उपस्थितहरु मन्त्रमुग्ध

२०४ औं भानुजयन्ति भब्य रुपमा सम्पन्न

फोटो: उज्वल केसी

३१ जुलाई २०१७, एडिलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको आयोजनामा सोमवार २०४ औं भानु जयन्ति भब्यरुपमा मनाइएको छ । नर्थ एडिलेड कम्युनिटि भवनमा साँझ ५ बजेबाट प्रारम्भ भएको कार्यक्रममा सयजनाभन्दा बढी साहित्यानुरागीहरुको अपस्थिति रहेको थियो । एडिलेड नेपाली विद्यालयमा नमिका खनाल र अमिशा खनाल तथा नेपाली पठशालाकि अन्वेशा लम्सालले स्वागत नृत्य प्रस्तुत गरेका उक्त कार्यक्रमको प्रमुख आतिथ्य साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक बाणिज्यदुत दिपक धमलाले गरेका थिए भने अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिका महासचिव रामचन्द्र थापा, कवि नवराज पराजुली तथा वासुरीवाधक सम्यक महर्जन विशेष अतिथी रहेका थिए ।

इप्लानेट एडिलेडले मुख्य रुपमा प्रयोजन गरेको उक्त कार्यक्रममा कवि नवराज पराजुली तथा वासुरीवाधक सम्यक महर्जनलाई नेपाली साहित्य र संगीतको क्षेत्रमा पुर्याएको योगदानका लागी सम्मान गरिएको थियो । यसैगरी फाइटोरिमेडिइसन प्रक्रियको प्रयोग गरी धातु तथा खनिज श्रोतको पु:स्थापना विषयमा विद्यावारीधि गरेका एवं अष्ट्रेलियाका दस मुख्य युवावैज्ञानिकमा समेत परेका डा. रामकृष्ण निरौलालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गैर आवाशिय नेपाली संघका  साउथ अष्ट्रेलियाबाट चुनिएका पदाधिकारीहरुलाई इनासको तर्फबाट औपचारीक स्वागतसमेत गरिएको थियो । गैर आवाशिय नेपाली संघका पदाधिकारीहरुलाई स्वागत गर्दै कार्यक्रमको सभापतित्व समेत गरेका इनास साउथ अष्ट्रेलियाका अध्यक्ष विकाश शर्मा पोखरेलले गैर आवाशिय नेपाली संघलाई अन्य संघसस्थाको प्रतिस्पर्धी नबनि अभिभावक बन्न आग्रह गरे । 

फोटो: उज्वल केसी

कार्यक्रममा एडिलेड नेपाली विद्यालयमा प्रनिश पोखरेल, आर्षा भट्टराई, श्रीया भट्टराई तथा नेपाली पाठशालाका ओजस्वि राना, रीजा गुरुङ, अवेद केसीलगायतले कबिता बाचन गरेका थिए । यसैगरी ढलानन्द चालिसे, शफल देवकोटा, रामकृष्ण शर्मा, उचिता कार्कि, सुदर्सन उप्रेतीलगायतलेपनि कबिता वाचन गरेका थिए । कवि नवराज पराजुलीले शान्त वातावरणमा कविता वाचन गर्दा उपस्थितहरु मन्त्रमुग्ध बनेका थिए । पराजुलीलाई वासुरीवाधक सम्यक महर्जनले वासुरीमा साथ दिएका थिए । करीव आधा दर्जन कविता सुनाएका उनको खोया र अामा शिर्षकका कबिताले विशेषत: सवैको मन छोएको देखिन्थ्यो । “कवितावाचनमा पनि यस किसिमको आकर्षण क्षमता हुदोरहेछ । कविताको भावमा म रोएको  यो पहिलोपटक हो ।” उपस्थितमध्येका एकले सुनाए ।

Leave a Reply