पाकिस्तानी प्रधानमन्त्री फेरी सार्वजनिक पद धारण गर्न नपाउनेगरी बर्खास्त
नेपाली सर्बोच्च अदालतको सर्बत्र आलोचना
२८ जुलाई २०१७, सिड्नी- पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफ उनकी छोरी र छोरी ज्वाइँसँगै पानामा लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएकाले राजीनामा दिनु पर्नेछ ।
बेलायती समाचार संस्था बीबीसीले कालो धन जम्मा गरेको आरोपमा सरिफ दोषी ठहर भएको जनाएको छ । तीन पटकसम्म प्रधानमन्त्री बनिसकेका नवाज शरीफलाई अदालतले अबउप्रान्त पाकिस्तानको कुनै पनि सार्बजनिक पदका लागि अयोग्य ठहर गरिदिएको छ ।
तत्कालिन सैनिक प्रमुख परवेज मुशर्रफले तत्कालीन प्रधानमन्त्री शरीफलाई अपदस्थ गरेर शासन सत्ता हातमा लिएपछि शरीफले निर्वासित जीवन बिताएका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद पाँच सदस्यीय इजलासले नवाज शरीफलाई दोषी ठहर गरेको हो ।
विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा नवाज शरीफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।
पाकिस्तानको उदालतले वहालवाला प्रधानमन्त्रीको विरुद्दमा यतिसम्मको निर्णय गरिरहदा नेपालको सर्वोच्च अदालतले एउटा केन्द्रको मतपत्रको विवादमा पनि निर्णय लिन नसकेको भन्दै नेपालभर सर्वत्र आलोचना हुन थालेको छ ।

Leave a Reply