पाठशालाको तीज भब्य, सुनिताले नचाइन चेलिबेटी
खराब मौसमका बावजुद भारी उपस्थिति
६ अगष्ट २०१७, एडिलेड- उत्तर एडिलेडका नेपाली चेलीहरुलाई समेट्दै नेपाली पाठशालाको तीज कार्यक्रम आइतवार धुमधानसँग सम्पन्न भएको छ । अत्यन्त खराव मौसमका बावजुत तीनसय बढी दर्शकको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सुनिता दुलाल मुख्य आकर्षणको केन्द्र रहिन । नेपालबाट कार्यक्रममा प्रस्तुति दिनकै लागी अष्ट्रेलिया आएकि दुलालले आधा दर्जनभन्दा बढी गीत सुनाएर विदा माग्दा दर्शकहरुले विदै ‘वान्स मोर’ जारी राखेपछी गाईसकेको ‘घुम्तिनिर लेट भयो’ वोलको गीत गाएर विदा भइन । कार्यक्रममा स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
वुमरेङ्ग परामर्श केन्द्रले स्पोन्सर गरेको उक्त कार्यक्रममा चितवनमा रहेको एक संस्थाको सहयोगका लागी चिठ्ठाको समेत व्यवस्था गरिएको थियो । चिठ्ठावाट संकलित रकम संस्थाका प्रतिनिधिलाई हस्तान्तरणसमेत गरिएको थियो ।
सन् २००८ मा स्थापना भएको पाठशालाले नेपाली वालवालिकाहरुलाई नेपाल र नेपालीवारे शिक्षा दिन हरेक हप्ता नेपाली भाषा, संस्कृती, संगीत, साहित्य, नृत्य आदि विविध विधामा कक्षा संचालन गर्ने गर्छ ।
साउथ अष्ट्रेलियन लेगिस्लेटिभ काउन्सिलका अध्यक्ष रसेल वाट्ली तथा लेवर पार्टीका तर्फवाट टोरेन्सबाट तल्लो सदनमा प्रतिनिधित्व गर्ने डाना वाट्लीसमेतको सहभागीता रहेको उक्त कार्यक्रममा एडिलेडमा विभिन्न संघसस्थाका प्रतिनिधिहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आकृति वुढाथोकिले गरेकि थिइन ।
कार्यक्रममा प्रवेस निशुल्क रहेको थियो भने निशुल्क दरको समेत व्यवस्था रहेको थियो । प्रस्तुती दिने कलाकारहरुलाइ प्रोत्सहन स्वरूप मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
Leave a Reply