अष्ट्रेलियाका लागी नेपाली राजदुत शेर्पाको एडिलेडमा भब्य स्वागत

दुतावासका कामकारवाहिमा सुधारका आभाष

१८ जुलाई २०१७, एडिलेड- अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्कि शेर्पाको सोमबार साउथ अष्ट्रेलियाको एडिलेड शहरमा एक कार्यक्रममाँझ भब्य स्वागत गरिएको छ । नेपाली महावाणिज्य दुतावास साउथ अष्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा स्थानिय सरकारका मन्त्रिहरु तथा सांसद, नेपाली समुदायका र नेपालीभाषि भुटानीहरुका गन्यमान्य व्याक्तिहरुको उपस्थिति रहेको थियो । साउथ अष्ट्रेलियाको स्थानिय सरकारका तर्फबाट लेगिस्लेटिभ काउन्सिलका अध्यक्ष रसेल वाट्लि, संसदको माथिल्लो सदनमा टोरेन्सको प्रतिनिधि सांसद डाना वाट्लि, संसदको तल्लो सदनकि प्रतिनिधि जिङ्ग ली लगायतको सहभागीता रहेको थियो । 

नवनियुक्त राजदुत लक्कि शेर्पाले कार्यक्रमलाई सम्वोधन गर्दै द्रुतरुपमा बढिरहेको नेपाली समुदायको प्रतिनिको रुपमा आफु अष्ट्रेलिया आउनपाउदा गर्व महशुस भएको बताउदै  विदेशमा रहेको हरेक नेपाली नेपालको दुत भएको र नेपाल र अष्ट्रेलियाको नेपाली समुदायको हीतमा काम गर्नका लागी सर्वप्रथम सबै नेपालीहरुबिच भावनात्मक एकता हुनुपर्नेमा जोड दिइन । नेपाली समुदाय आफैंमा बहुसांस्कृतिक समुदायभएको र नेपाली समुदाय दुखमा पनि सहजताका साथ हास्न जानेको जाती भएको सन्देस दिइन । उनले अष्ट्रेलियामा रहेको नेपाली समुदायको प्रगतिको चर्चा गर्दै नेपालको विकाशका लागी अष्ट्रेलियादेखी नेपालसम्म ‘ब्रेन टान्सफरमेसन’ मा सबै नेपालीहरुले लाग्नुपर्ने चर्चा गर्दै त्यसमा नेपाली दुतावासले प्रयास गर्ने सन्देस दिइन  । भुटानी समुदायको तर्फबाट प्राप्त प्रशंसापत्र पढ्दै उनले भुटानी समुदायलाई भुटानी समुदायको रुपमा नभइ नेपाली समुदायका रुपमा हेर्न चाहेको बताइन ।

उपस्थितका जिज्ञासा समाधान गर्ने क्रममा “दुतावासको फोन कहिलेदेखी उठ्छ?” भन्ने प्रश्नको जवाफमा “उठ्नथालिसकेको” भन्ने एक उपस्थितकै अनुभवले शेर्पाको आगमनपछि दुतावासको कामकारवाहिमा उल्लेख्य प्रगति भइसकेको प्रतिकृया दिएको थियो । साउथ अष्ट्रेलियाका नेपाली तथा स्थानिय सरकारका प्रतिनिधिसँग अन्तरकृया गर्ने अवशर प्रदान गरेकोमा महावाणिज्यदुत दिपक धमलालाई धन्यवाद ज्ञापन गरिन ।

साउथ अष्ट्रेलियाका लागी नेपाल सरकारका महाबाणिज्यदुत दिपक धमलाले अष्ट्रेलियामा नेपाली समुदायले सानो समुदाय भइकनपनि यो बहुसांसकृतिक देशमा प्रभावकारी भुमिका निर्वाह गरिरहेको बताउदै सबै क्षेत्रमा काम गर्ने नेपाली संघसस्थाहरु खुलिसकेकाले सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने वताए । सथै उनले  महावाणिज्य दुतावास नेपाल सरकारको प्रतिनिघि सस्था रहेकाले साउथ अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई दुतावाससँग जोड्न सेतुको काम गर्ने उद्घोष गरे ।

सानो हलमा ठुलो उपस्थिति रहेकाले व्यवस्थापन भने केही अस्तव्यस्त देखिन्थ्यो । धेरै मानिसहरुले बिना सुचना उपस्थिति जनाएकाले व्यवस्थापन केही फितलो बन्न पुगेको आयोजकले बताएको छ ।

कार्यक्रममा इनास साउथ अष्ट्रेलियाले सांस्कृतिक विभागको जिम्मा लिदै स्वागत नृत्यहरु प्रस्तुत गरेको थियो । साउथ अष्ट्रेलियन डान्सिङ स्टार रीतु राना, नानु शंकर, दिपिका बस्नेत र सानी नानी अन्वेसा लम्सालले उपस्थितहरुको स्वागतार्थ नृत्यहरु प्रस्तुत गरेका थिए । उनीहरुलाई राजदुतको हातवाट प्रशंसा पत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा एडिलेड क्रिकेट एसोसिएसनले राजदुत शेर्पालाई ‘मायाको चिनो’ पनि प्रदान गरेको थियो ।

(सम्बोधनको पुरा भिडियो हेर्नुहोस )

Leave a Reply