धनपति एडिलेडमापनि

१८ जुलाई २०१७, एडिलेड- ‘टलकजंग भर्सेस टुल्के‘ र  ‘पशुपतिप्रसाद‘ मा जिवन्त अभिनय दिएर दर्शकका मनमा बस्न सफल अभिनेता खगेन्द्र लामिछाने अभिनित चलचित्र धनपति एडिलेडमा प्रदर्शन हुने भएको छ । नमस्ते नमस्ते इभेन्टस अर्गनाइजरको आयोजनामा आइतवार, २३ जुलाईमा एडिलेड शहरको मर्करी सिनेमा हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्र साँझ ६:४५ देखी प्रदर्शन हुनेछ भने प्रवेश शुल्क २५ डलर रहेको छ ।

रंगमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका लामिछानेले जिवन्त अभिनयको माध्यमबाट नेपाली दर्शकहरुको मन जितिसकेका छन । लामिछाने अभिनेता, लेखक र निर्देशकसमेत हुन । चर्चित चलचित्र ‘पशुपतिप्रसाद‘ कै समुहले निर्माण गरेको यस चलचित्रमा लेखन खगेन्द्र लामिछाने र  दिपेन्द्र के खनालको निर्देसन रहेको छ । निर्देशक खनालका अनुसार चलचित्रमा कसरी एक सामान्य नेपाली नागरीक चाहेरपनि राजनितिबाहिर रहन सक्दैन भन्ने विषयवस्तु रहेको छ ।

Leave a Reply