शाहलाई झिनो मतले पराजित गर्दै घोताने एनआरएन अष्ट्रेलियामा

९ जुलाई २०१७, सिड्नी- शनिवार सम्पन्न गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाको कार्यकाल २०१७-१९ का लागी भएको निर्वाचनमा निकै रोमाञ्चक प्रतिस्पर्घामा झिनो मतले स्वतन्त्र प्रताप शाहलाई पराजित गर्दै टोनु घोताने एनआरएन अष्ट्रेलियाको संयोजक चुनिएका छन । टोनु घोताने वर्तमान कार्यसमितिको महासचिवसमेत हुन । रोचक कुरा के छ भने, घोतानेले गएको निर्वाचनमा शाहलाई नै पराजित गरि महासचिव भएका थिए । त्यसैगरी महासचिवमा नारायण कोइराला, सचिवमा देव गुरुङ र  राज्यहरूमा ८ जना राज्यसमिति अध्यक्ष तथा अष्ट्रेलिया उपाध्यक्ष चुनिएका छन् । न्यु साउथ वेल्स राज्यबाट नन्द गुरुङ, क्यानबेराबाट राजन ढुंगेल, दक्षिण अस्ट्रेलियाबाट अशोक केसी, नर्दन टेरिटोरीबाट हरिराम रिजाल, पश्चिम अस्ट्रेलियाबाट दीपक शर्मा, भिक्टोरियामा केशव कँडेल निर्वाचित भएका छन् ।

कुल ८ हजार ३ सय मतदाता रहेको अष्ट्रेलियाबाट केवल ५ हजार ५ सय मतमात्र खसेको थियो । यो करीव ६६ प्रतिशतमात्र हो ।

Leave a Reply