नवनियुक्त नेपाली राजदुत साउथ अष्ट्रेलिया आउदै, सामुदायिक भेटघाटको कार्यक्रम

९ जुलाई २०१७, एडिलेड- अष्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम लक्कि शेर्पा सामुदायिक भेटघाट एवं छलफलका लागी साउथ अष्ट्रेलियाको एडिलेड आउने कार्यक्रम तय भएको छ । गत वर्ष मे मा अघिल्लो राजदुतको विदावारीपछि तेह्र महिना सम्म कार्यवाहक राजदुतको नेतृत्वमा रहेको रहेको क्यानवेरास्थित नेपाली दुतावासले गएको सातादेखीमात्र शेर्पालाई नयां राजदुत पाएको थियो ।

“महामहिम राजदुत शेर्पा कार्यभार सम्हालेलगत्तै दुतावासको कार्यहरुलाई कसरी छिटोछरितो बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित अन्तरकृया एवं छलफलमा निकै व्यस्त रहनुभएको छ । साउथ अष्ट्रेलियाको तर्फबाट उहालाई स्वागत एवं सामुदायीक अगुवाहरुसँगको छलफलका लागी कार्यक्रम राखिएको हो ।” नेपाल सरकारका तर्फबाट साउथ अष्ट्रेलियाका लागी अवैतानिक महावाणिज्यदुत दिपक धमलाले बताउनुभयो । 

कार्यक्रम १७ जुलाई को साँझ ६ बजेबाट 86-90 Churchill Road मा रहेको Italian Hall मा हुदैछ । कार्यक्रममा रात्रिभोजनको समेत ब्यवस्था रहने छ । उपस्थिति हुन चाहनेहरुले १५ जुलाई सम्ममा दिपक लामालाई मोबाइल नं ०४३० ९४७ ७९४ मा सम्पर्क गरि जानकारी गराउनुपर्ने छ ।

Leave a Reply