एडिलेडमा तिजको लहर, हप्तामा ३ वटा तीजका कार्यक्रम
९ जुलाई २०१७, एडिलेड- ३ हजारभन्दा कम नेपालीहरुको वसोवास रहेको साउथ अष्ट्रेलियाको एडिलेड शहर नेपाली कार्यक्रमहरुका लागी पछिल्लो समयमा आकर्षक गन्तब्य बन्दै गइरहेको छ । केही वर्षअघिसम्म सिड्नी, मेलवर्नलगायतका शहरबाट गाँउका रुपमा हेरिने एडिलेडमा हाल अष्ट्रेलिया भित्रिने प्राय ठुला कार्यक्रमहरु आयोजना हुन थालेका छन । हुनपनि ३ हजार कम नेपाली रहेको एडिलेडले समय समयमा चामत्कारिक कामहरु गर्ने गरेको छ । मुसहर वस्ति निर्माणका लागी अष्ट्रेलिया अाएका धुर्मुस सुन्तलिलाई ५० हजारभन्दा बढी नेपालीहरु रहेको सिड्नीकै हाराहारीमा सहयोग संकलन गर्न सफल भएपछी एडिलेडको चर्चा र महत्व ह्वात्तै बढेको हो ।
एकै महादेशको देश अष्ट्रेलियामा प्रभावका हिसावले अष्ट्रेलियाभरका नेपालीहरुबिच आफ्नो प्रभाव विस्तार गर्न यहाको नेपाली समुदाय सफल भएपनि पछिल्लो समयमा निकै बाक्लै आयोजना हुने गरेका नेपाली कार्यक्रमहरुले भने थोरै संख्यामा रहेका नेपालीहरुलाई हम्मे हम्मे परेको देखिन्छ । महिलाहरुको महत्वपुर्ण चाड हरितालिका तीजको अवशरमा नेपालबाट ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति दिनेस्तरका मात्र तीनवटा कार्यक्रमहरु आयोजना हुनेलागेका छन, त्यो पनि एकै हप्तामा । जुलाईको अन्तिम र अगष्ट्को पहिलो साताभित्रमा यसरी तीनवटा कार्यक्रमहरु हुन लागेका हुन ।
कहिले कहिले छन त तीजका कार्यक्रमहरु? को को कलाकार आउदैछन ?
१. तीज मेला
३० जुलाईमा एडिलेड नेपालले गायक गायीकाहरु देवी घर्ती, खुमम अधिकारी र रमीला अघिकारीको साथमा तीज मेलाको आयोजना गर्दैछ । यस्को अर्को प्रमुख आकर्षण रहनेछिन हालकि चर्चित नायीका वर्षा राउत । गुडवुड कम्युनिटि हलमा हुन लागेको उक्त कार्यक्रम ३ बजेदेखी शुरु हुने छ
२. तीज धमाका
चन्द्र सुर्य इभेन्ट अर्गनाइजरको आयोजनामा ३ अगष्टमा तीज धमाका हुन गइरहेको छ जसमा आफ्नो प्रस्तुति दिनेछन प्रख्यात लोक-आघुनीक गायीकाद्वय सिन्धु मल्ल तथा चन्दा अर्यालले । प्रवेश शुल्क १५ डलर रहेको उक्त कार्यक्रम लाट्भियन हलमा साँझ ६ बजेबाट आयोजना हुदैछ । नेपालबाट आएका अभिभावकलाई प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा नेपथ्यको कन्सर्ट हेर्न जानेहरुलेपनि निशुल्क प्रवेश पाउने बताइएको छ ।
३. पाठशाला अभिभावक तीज
एडिलेड उत्तरतिरका नेपाली वालवालिकाहरुलाई नेपाली भाषाको शिक्षा दिने पाठशालाले ६ अगष्टमा पाठशाला अभिभावक तीज कार्यक्रमको आयोजना गर्दैछ । भियतनामिज कम्युनिटि हलमा हुने उक्त कार्यक्रमको प्रमुख आकर्षण रहनेछिन गायीका सुनिता दुलाल । मध्यान्न १२ बजेबाट शुरु हुने उक्त कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने का्रयक्रम साझ छ बजेसम्म चल्ने छ । पाठशालाले उत्तरतिरका महिलाहरुलाई लक्षित गर्दै हरेक बर्ष तीज कार्यक्रमको आयोजना गर्ने गरेको छ ।
यसैगरी दक्षिणतिरका महिलाहरुलाई लक्षित गर्दै हरेक बर्ष तीजको कार्यक्रम गर्ने एडिलेड नेपाली समाजले पनि तीजको कार्यक्रम गर्ने बताएको छ । “एडिलेड नेपाली समाजले सधैझै यसवर्षपनि तीजको कार्यक्रम गर्छ । हामी चाडै कार्यक्रमवारे थप जानकारी सार्वजनिक गर्ने छौं ।” संस्थाकि अध्यक्ष सन्तोषि गौतमले बताइन ।
यसबाहेक साउथ अष्ट्रेलियामा रहेको नेपालीभाषि भुटानी समुदायले समेत तीजको उपलक्क्षमा कार्यक्रमको आयोजा गर्ने गरेको छ । यसरी समग्रमा एडिलेडमा कुल पाचबटा तीजको कार्यक्रम हुने देखिएको छ । यसै साता नेपाली नायीका ऋचा शर्मा तथा अभिनेता अर्पण थापा एडिलेड आएर फर्किसकेका छन । जुलाईमा नै नेपालको चर्चित सांगितिक समुह नेपथ्यले समेत एडिलेडमा आफ्नो प्रस्तुति दिदैछ । जुलाई १७ मा नवनियुक्त नेपाली राजदुत लक्कि शेर्पाको एडिलेडले स्वागत गर्ने कार्यक्रम रहेको छ भने जुलाई ३० मा देवी घर्ती, खुमम अधिकारी, रमीला अघिकारी र नायीका वर्षा राउतसहितको तीजमेला, जुलाई ३१ मा कवि नवराज पराजुलीको साथमा भनुजयन्ति, अगष्ट ३ मा गायीकाद्वय सिन्धु मल्ल र चन्दा अर्यालको साथमा तीज धमाका र अगष्ट ६ मा सुनिता दुलालको साथमा पाठशाला तीज गरी अगष्ट्को पहिलो हप्तासम्ममा ६ वटा ठुला कार्यक्रमहरु भइरहेका छन् ।



Leave a Reply