अशोक केसी एनआरएनए साउथ अष्ट्रेलिया संयोजक, चालिसे युवा संयोजक

८ जुलाई २०१७, एडिलेड- गैर आबाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको संयोजक पदमा अशोक केसी विजयी बनेका छन । यसैगेरी युवा संयोजक पदमा सन्तोष चालिसे बिजयी बनेका हुन । प्रतिद्वन्दि प्रजिता गेलाललाई भारी मतले पछि पार्दै केसी संयोजक पदमा विजयी बनेका छन भने केवल एक्काइस मतले युवा संयोजकमा देवराज कंडेल पछि परेका हुन ।

अष्ट्रेलिया संयोजकमा टोनु घोताने  केवल ५ मतले स्वतन्त्र प्रताप शाहलाई पछि पार्दै विजयी बनेका छन ।

यसैगरी साउथ अष्ट्रेलियावाट राष्ट्रिय समितिमा नविन शर्मा र नविन पन्त विजयी बनेका छन ।

एनआरएनए ग्लोबल समिति (ICC) का लागी साउथ अष्ट्रेलियाका एकमात्र उम्मेद्वार गोकुल घिमिरेसमेत चुनिएका छन ।

बाकि पदहरुमा उम्मेद्वारहरु यसअघि नै निर्विरोध भैसकेका छन । गैर आवाशिय नेपाली संघको उपसंयोजकमा रेणु लामा, सचिवमा प्रकाश पनेरू, सहसचिवमा चन्द्र कुवर, कोषाध्यक्षमा रजनेश श्रेष्ठ, सदस्यहरुमा सुपक अधिकारी तथा आशोक अधिकारी निर्विरोध भएका हुन । नारी निकुञ्ज संयोजकमा इन्दु भट्ट्राई विजयी भइकि छन भने  युवा उपसंयोजकमा आनन्द बखरेल र सदस्यमा मनोज ढुङ्गाना निर्विरोध भएका हुन ।

Leave a Reply