साउथ अष्ट्रेलियामा एनआरएनको निर्वाचन सम्पन्न, ८६ प्रतिशत मत खस्यो
१० बजेसम्म मनपरिणाम आउने
८ जुलाई २०१७, एडिलेड- गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको आगामी कार्यकालका लागी आज भएको निर्वाचन भर्खरै सम्पन्न भएको छ । निर्वाचन बिहान ८ बजेदेखी साझ ५ बजेसम्म फुलार्टन कम्युनिटि भवनमा सम्पन्न भएको हो । मतदानमा ८६ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । कुल ५१६ जना मतदाता रहेकामा ४४४ मत खसेको हो ।
साउथ अष्ट्रेलियामा गैर आवाशिय नेपाली संघको आगामी कार्यकालका लागी ४ पदका लागी ७ जनाबिच प्रतिस्पर्धा भएको थियो । गैर आवाशिय नेपाली संघ संयोजक, युवा संयोजक तथा राष्ट्रिय समिति सदस्यको २ पद गरी ४ पदमा ७ जनाबिच प्रतिस्पर्धा भएको हो । साउथ अष्ट्रेलिया संयोजकमा आशोक केसी र प्रजिता गेलाल, युवा संयोजकमा देवराज कडेल र सन्तोष चालिसे तथा एनआरएन अष्ट्रेलिया सदस्यको २ पदका लागी नविन सागर, नबिन पन्त र कल्याण पन्त बिच प्रतिस्पर्धा भएको थियो ।
“साउथ अष्ट्रेलियाको संयोजक पदका लागी आंकलन गर्न सहज भएपनि युवा संयोजकको पदमा भन्ने आंकलन गर्न गार्हो छ । ” भोट हाल्न आएका सन्तोष गौतमले अनलाईन एडिलेडलाई बताए ।
बाकि पदहरुमा उम्मेद्वारहरु यसअघि नै निरविरोध भैसकेका छन । गैर आवाशिय नेपाली संघको उपसंयोजकमा रेणु लामा, सचिवमा प्रकाश पनेरू, सहसचिवमा चन्द्र कुवर, कोषाध्यक्षमा रजनेश श्रेष्ठ, सदस्यहरुमा सुपक अधिकारी तथा आशोक अधिकारी निर्विरोध भएका हुन । यसैगरी युवा उपसंयोजकमा आनन्द बखरेल मनोज र सदस्यमा मनोज ढुङ्गाना निर्विरोध भएका हुन ।
मतपरिणाम राती १० बजेसम्म आइसक्ने निर्वाचन आयोगले बताएको छ ।

Leave a Reply