२०४ औं भानुजयन्ति ३१ जुलाईमा, अष्ट्रेलियाका श्रष्टाका रचना समेटिएको कृति निस्कदै

नेपालबाट कवि नवराज पराजुली आउने

३ जुलाई २०१७, एडिलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास), साउथ अष्ट्रेलियाले २०४ अौं भानुजयन्ति घुमघामसँग एडिलेडमा मनाउने तयारी गरिरहेको छ । कार्यक्रम सोमबार,  ३१ जुलाइ २०१७ मा नर्थ एडिलेड कम्युनिटि हलमा साझ ४ नजेदेखी हुने तय भएसकेको छ । कार्यक्रममा नेपाली वालवालिकाहरुलाई नेपाली भाषाप्रति आकर्षण र उत्सुकता जगाउनका लागी साउथ अष्ट्रेलियामा रहेका नेपाली विद्यालयहरु एडिलेड नेपाली विद्यालय तथा पाठशालाका नेपाली विद्यार्थीहरुलाई उनका रचना वाचन गर्न लगाई श्ववण गर्ने कार्यक्रम रहेको छ । वालवालिकाका रचना श्ववण गरिसकेपछि गैर आवाशीय नेपाली संघ, साउथ अष्ट्रेलियाका नवनियुक्त पदाधिकारीहरुलाई शुभकामना दिने छोटो कार्यक्रम रहने छ र एडिलेडका नेपाली श्रष्टाहरुको रचना सुनिने छ । त्यसपछि नेपालबाट आएका कवि नवराज पराजुलीले आफ्ना रचनाहरु उपस्थितलाई सुनाउने कार्यक्रम रहेको छ ।

कार्यक्रममा संकलित रचना र अष्ट्रेलियाभरबाट अष्ट्रेलियामा रहेका नेपाली श्रष्टाहरुको रचना संग्रहित गरेर इनास अष्ट्रेलियाले एक कृति सार्वजनिक गर्ने घोषणा यसअघिनै सार्वजनिक गरिसकेको छ । रचना इनास अष्ट्रेलियाको आघिकारीक इमेल ठेगाना inasaustralia@gmail.com आफ्नो फोटोसहित पठाउनुपर्ने छ ।

Leave a Reply