फुलार्टन कम्युनिटि भवनमा एनआरएन एसएको चुनाव, ५ बजेसम्म भोट हाल्न सकिने

फोटो रहेको परिचयपत्र र ठेगाना खुल्ने कागजात अनिवार्य

३ जुलाई २०१७, एडिलेड- गैर आवाशिय नेपाली संघको आगामी ८ जुलाईका लागी तय भएको आगामी कार्यकालका लागी हुदै गरेको निर्वाचन ४११ फुलार्टन रोडमा अवस्थित फुलार्टन कम्युनिटि भवनमा हुने भएको छ । साउथ अष्ट्रेलियाका  निर्वाचन आयुक्त तोकिएका सुरेन रेग्मीका अनुसार मतदाताहरुले बिहान ९ बजेदेखी साझ ५ बजेसम्म मतदान गर्न सक्नेछन । मतदानमा मतदाताले इलेक्ट्रोनिक  प्रणालीअन्तरगत कम्प्युटरमार्फत आफ्नो मतदान दिनेछन । गैर आवाशिय नेपाली संघको सदस्यता लिएका मतदाताले ठेगाना खुल्ने फोटो रहेको परिचयपत्र लिइ गएर मतदान गर्न सक्ने छन । एउटै परिचयपत्रबाट ठेगाना खुल्न नसक्ने अवस्थामा परिचयपत्रका साथमा ठेगाना खुल्ने कुनै कागजात जस्तै बिजुली, पानी, ग्यास लगायतका बिलहरु प्रस्तुत गर्न सकिने बताइएको छ ।

गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजक, युवा संयोजक र राष्ट्रिय समिति सदस्य गरी जम्मा चार पदका लागी सात जनाबिच प्रतिस्पर्धा हुदैछ । गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजकमा २ जना, युवा संयोजकमा २ जना र राष्ट्रिय समिति सदस्यको २ पदका लागी ३ जनाले उम्मेद्वारी दिएका छन । संयोजकमा अशोक केसी र प्रजिता गेलाल, युवा संयोजकमा देवराज कडेल र सन्तोष चालिसे तथा राष्ट्रिय समितिको २ पदका लागी नविन शर्मा, नबिन पन्त तथा कल्याण पन्तका बिच प्रतिस्पर्धा हुने भएको हो । मतदाताले यसपाली नचाहेको खण्डमा कुनै पदका लागी मतदान नगर्दापनि हुने व्यवस्था रहेको निर्वाचन समिति सदस्य कपिल पाण्डेले बताएका छन । गत बर्ष मतदाताले सबै पदका लागी अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था रहेको थियो ।

वाकि धेरैजसो पदमा उम्मेद्वारहरु निर्विरोध भैसकेका छन भने केही पदमा कुनै उम्मेद्वारी नै परेको थिएन । निर्वाचन परिणाम सोही दिन राती १० बजे आउने बताईएको छ ।

Leave a Reply