एडिलेडमा आधा लभ, ऋचा र अर्पणसगै हेर्न पाईने
नेपालबाट घुम्न आएका अभिभावकलाई नि:शुल्क प्रवेश
२९ जुन २०१७, एडिलेड- संख्यात्मक सानो तर प्रभाव ठुलो भएको सानो नेपाली समुदाय रहेको साउथ अष्ट्रेलियाको एडिलेड शहरमा यसै साता नेपाली सिनेजगतका दुइ हस्तिहरुको आगमन भइरहेको छ । नेपाली सिनेजगतकि सर्वाघिक रुचाइकामध्येकि एक नायीका ऋचा शर्मा र जस्तोसुकै रोलमा पनि प्रभावकारी अभिनय दिएर दर्शकको मन जित्न सफल अभिनेता अर्पण थापा चलचित्र आधा लभका साथमा एडिलेड आउन लागेका हुन् ।
सन २००७ को मिस नेपाल प्रतियोगीताको टप टेनमा पर्न सफल नायीका शर्माले सन २०१० मा फस्ट लभ बाट सिनेजगत प्रवेस गरेपछि फर्केर पछाडि हेर्नुपरेको छैन । उनको अभिनय रहेको “लुट“चलचित्र नेपाली सिनेमाको धार परिवर्तन गर्नेमध्येको एक भएको र त्यसबेलासम्मको सबैभन्दा बढी कमाउन सफल चलचित्र रहेकाले सदैब चर्चित छ । फरक धारहरुका चलचित्रमा जीवन्त अभिनय दिएर चर्चित बनेकि उनी पछिल्लो समयमा “टलकजंग भर्सेस टल्के” कमारी बिद्रोहीको भुमीकामा दिएको जीवन्त अभिनयका कारण चर्चामा रहिन ।
भारतमा अध्ययन गरेका अर्पन थापा चलचित्र लेखक, निर्देशक, नायकका साथ एक कुशल अभिनेता पनि हुन् । उनी हालको नेपाली सिनेजगतमा जस्तोसुकै भुमीकामा पनि प्रभावकारी अभिनयमार्फत दर्शकको मन जित्न सफल थापा सन २०१० मा नेपाली सिनेजगत प्रवेश गरेका हुन ।
आइतवार २ जुलाईमा साँझ ६ बजेबाट एडिलेड शहरको मर्करी सिनेमा हलमा प्रदर्शन हुने उक्त चलचित्रको टिकट दर $२५ रहेको छ भने बिद्यार्थीले $२० मा र नेपालबाट घुम्न आएका अभिभावकले नि:शुल्क प्रवेश पाउने आयोजक नमस्ते नमस्तेले बताएको छ ।
Leave a Reply