एकवर्षपछि पायो अष्ट्रेलियाको नेपाली दुतावासले नेतृत्व, आजैबाट कार्यारम्भ
२७ जुन २०१७, क्यान्वेरा- करीव १ बर्षको अन्तरालपछि अष्ट्रेलियास्थित नेपाली दुतावासले नंया नेतृत्व पाएको छ । रुद्रकुमार नेपालले मे २०१६ मा नेपाली दुतावासबाट बिदावारी भएपछि क्यानवेरास्थित नेपाली दुतावास कार्यवाहक राजदुत राजेन्द्र पाण्डेको मेतृत्वमा रहदै आएको थियो । नेपाल सरकारका तर्फबाट चयन भएकि लक्कि शेर्पाले आजैबाट गभर्नर जनरल पिटर कोस्ग्रोवलाई आजै आफ्नो ओहदाको प्रत्र बुझाइ कार्यभार थालेकि हुन । अष्ट्रेलियाको नियमअनुसार देशका राजदुतहरुले यहाको गभर्नर जनरललाई आफ्नो ओहदाको प्रमाण पत्र वुझाउने चलन रहेको छ ।
संखुवासभाकि शेर्पालाई नेपाल सरकारले गत २ जेठमा नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को शिफारीसमा अष्ट्रेलियाको लागी नेपाली राजदुद नियुक्त गरेको थियो । जनगुनासोहरुलाई ध्यानमा राख्दै उपलब्ध श्रोतहरुको प्रभावकारी रुपमा प्रयोग गर्दै जनताको सेवामा सक्रिय भएर लाग्ने प्रतिक्रिया शेर्पाले दिएकि छन । उनको कार्यकालमा दुतावासले आफ्नो भवन पाउने अपेक्ष गरिएको छ । जग्गा खरिदको काम कार्यवाहक राजदुत राजेन्द्र पाण्डेले अगाडि बढाइसकेको बुझिएको छ ।
Leave a Reply