अष्ट्रेलियाको जनगणनामा पहिलोपटक नेपालीहरुको लागी छुट्टै स्थान

साउथ अष्ट्रेलियामा २ हजार ८ सय नेपाली

२७ जुन २०१७, एडिलेड- अष्ट्रेलियाको सन् २०१६ को जनगणना अष्ट्रेलियन तथ्याङ्क विभागले मगलवार सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कमा पहिलोपटक नेपालमा जन्मिएकाहरुलाई छुट्टै स्थान प्रदान गरिएको छ । यसअघि सन् २०११ लगायतका  जनगणनामा नेपालीहरुलाई अन्यमा उल्लेख गर्ने गरिएको थियो ।

अष्ट्रेलियन तथ्याङ्क विभागले मंगलवार प्रकासित गरेको उक्त तथ्ताकंअनुसार अष्ट्रेलियामा सन् २०१६ मा गणना गर्दासम्मको समयमा ५४ हजार ७ सय ६३ जना नेपालीहरु रहेको बताएको छ । यसमध्ये ३० हजार ४८ जना पुरुष र २४ हजार ७ सय १५ जना महिला हुन् ।

साउथ अष्ट्रेलियामा भने १ हजार ४ सय चालिस पुरुष र १ हजार चार सय १४ महिला गरेर कुल २ हजार ८ सय ५४ नेपालीहरुको बसोवास रहेको देखिएको छ ।

तथ्याङ्कले अष्ट्रेलियाको २०१६ सम्मको जनसख्या २ करोड ३४ लाख रहेको देखाएको छ जुन २०११ मा २ करोड १५ लाख रहेको थियो । गएको पाच बर्षमा अष्ट्रेलिायाको जनसंख्या केवल  १९ लाखले मात्र बृद्दि भएको देखिन्छ जुन २०११ को भन्दा करीब ८.८ प्रतिशतले बढी  हो । तथ्याकंका अनुसार जनसख्याका हिसावले न्यु साउथ वेल्स ७४ लाख ८० हजार जनसंख्यासहित सबैभन्दा ठुलो, भिक्टोरिया ५९ लाख २६ हजार जनसख्यासहित दोस्रो र क्विन्सल्याण्ड ४७ लाख ३ हजार जनसंख्यासहित तेस्रो  स्थानमा रहेको छ ।

२०११ पछि १८० भन्दा बढी देशहरुबाट करीब १३ लाख आप्रबासिहरु अष्ट्रेलिया आएको देखिएको छ । सबैभन्दा बढी चीन र भारतबाट क्रमस:   १ लाख ९१ हजार र १ लाख ६३ हजार आप्रबासि अष्ट्रेलिया भित्रिएका हुन् । नया तथ्याङ्क अनुसार करीब २६ प्रतिसत मानिसहरुले मात्र आफुलाई अष्ट्रेलियाबाहिर जन्मिएको बताएका छन । यसरी आष्ट्रेलिया भित्रिने आप्रबासीहरुमा सबैभन्दा बढी इङ्गल्याण्ड, न्यु जिल्याण्ड, चीन, भारत र फिलिपिन्समा जन्मिएकाहरु रहेका छन ।

अष्ट्रेलियाभरी गत २६ अगष्टमा जनगणना भएको थियो । उक्त दिन ६ लाख अष्ट्रेलियन देशबाहिर रहेको बताइएको छ ।

Leave a Reply