साउथ अष्ट्रेलियाको एनआरएनमा प्राय: पदमा निर्विरोध

२२ जुन २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एनआरएनमा प्राय: पदमा उम्मेद्वारहरु निर्विरोध भएका छन । साउथ अष्ट्रेलिया राज्य समिति संयोजक, युवा संयोजक र राष्ट्रिय समिति सदस्यबाहेकका पदहरुमा उम्मेद्वारहरु निर्विरोध भएका हुन । एनआरएनए राज्यसमिति उपसंयोजक, सचिव,कोषाध्यक्ष, सह-सचिव, २ जना राज्य समिति सदस्य, युवा उपसंयोजक, युवा सदस्य र नारी निकुञ्ज संयोजक निर्विरोध भएका हुन् । युवा संयोजक सदस्यका दुइबटा पद, नारी निकुञ्जको उपसंयोजक र नारी निकुञ्जकै ४ वटा सदस्य पदका लागी साउथ अष्ट्रेलियामा कुनैपनि उम्मेद्वारी परेको थिएन ।

यसरी निर्विरोध हुनेहरुमा राज्यसमिति उपसंयोजकमा रेणुका लामा, सचिवमा प्रकाश पनेरू, सह-सचिबमा चन्द्र कुवर, कोषाध्यक्षमा रजनेश श्रेष्ठ र सदस्यहरुमा सुपक अधिकारी र अशोकअधिकारी  रहेका छन । यसैगरी युवा उपसंयोजकमा आनन्द बखरेल तथा सदस्यमा मनोज ढुङ्गाना निर्विरोध भएका छन् । यसैगरी नारीनिकुञ्जको संयोजक पदमा इन्दु भट्टराइपनि निर्विरोध भएकि छन । 

८ जुलाई मा हुने निर्वाचनमा साउथ अष्ट्रेलियाको राज्यसमिति संयोजक, युवा संयोजक र राष्ट्रिय समिति सदस्यका लागी प्रतिस्पर्धा हुनेछ । साउथ अष्ट्रेलियाको राज्यसमिति संयोजक पदमा अशोक केसी र प्रजिता गेलाल र युवा संयोजकमा सन्तोष चालिसे र देवराज कडेलबिच प्रतिस्पर्धा हुदैछ । यसैगरी राष्ट्रिय समिति सदस्यका २ पदका लागी नबिन शर्मा, कल्याण पन्त र नबिन पन्तबिच प्रतिस्पर्धा हुदैछ ।

नारी निकुञ्जको उपसंयोजक र चार सदस्य तथा २ युवा सदस्यहरुपदका लागी उम्मेद्वारी नपर्नुको कारणका रुपमा निर्वाचन समितिले पदहरुवारेको जानकारी ढिला पठाउनु रहेको छ । यसैगरी अन्य प्राय: सबै पदहरुमा निर्विरोध निर्वाचिन हुनुले उम्मेद्वारहरुप्रतिको समाजको विश्वासलाई अभिव्याक्त गर्दछ  । एनआरएनप्रति समुदायको विश्वास घटिरहेको भन्ने आरोपको खण्डन गर्दै सस्थालाई लोकप्रिय कार्यक्रमहरुका माध्यमवाट सबैलाई समेटेर लैजानु हाल निर्वाचित सदस्यहरुको एजेण्डाहरुको चाङमा नया एजेण्डा थपिएको देखिन्छ ।

Leave a Reply