नेपथ्य एडिलेडमा

प्रवेश शुल्क अग्रिम बुकिङमा $४०, प्रवेशद्वारमा $४५ र विशेष $६५

२० जुन २०१७, एडिलेड- चर्चित नेपाली सांगीतिक समुह ‘नेपथ्य’ ले साउथ अष्ट्रेलियाको एडिलेडमा आफ्नो प्रस्तुति दिने भएको छ । थ्री केजी इभेन्ट अर्गनाइजरको आयोजनामा १५ जुलाई २०१७ मा नरवुड कन्सर्ट हलमा उक्त कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रमको प्रवेश शुल्क अग्रिम बुकिङमा $४०, प्रवेशद्वारमा $४५ र विशेष $६५ रहेको तथा अनलाईनमार्फत पनि खरीद गर्न सकिने थ्री केगी इभेन्ट अर्गनाइजरले मंगलवार एक संचार सभा आयोजना गरी जानकारी गराएको छ ।

काठमाण्डौंमा पढ्ने ३ पोखरेली विद्यार्थीले ९० को दशकमा स्थापना गरेको यस समुहले स्थापनाको करीव २५ बर्षपछाडिदेखी मात्र आफ्नो रेकर्डिङ शुरु गरेको भएपनि गीतको बिशेष प्रकृतिका कारण सबै उमेरसमुहका दर्शकको मनमा बस्न सफल रहेको छ । नेपाली लोकभाकालाई आघुनिक रकगीतको ढाचाँमा ढाल्नमा यो सांगीतिक समुह सर्वश्रेष्ठ मानिन्छ । व्यवसायिक र उत्कृष्टताको दुवैखाले सफलता चुमेको यस समुहको गायनमा क्षेत्रीय स्वादमा दुर्गम नेपालको पुराना संगीतको मजा लिन सकिन्छ ।

सादा जीवन उच्च बिचार का जिँउदा पर्याय तथा शान्ति र समन्वयका भाका गाउने अमृत गुरुङ्ग यस समुहका मुलखम्बा हुन, जो दुर्गम नेपालका बनपाखा घुमेर शब्दहरु संकलन गर्ने गर्छन । भ्रमण र फोटोग्राफिका शौखिन गुरुङ्ग नेपालका ७० भन्दा बढी जिल्लाहरुको भ्रमण गरेका छन । त्यसमा पनि धेरैजसोको पैदलनै भ्रमण गरेको बताइन्छ । “नेपथ्यमा हुनु एक कठिन गन्तब्यको हिस्सा हुनु हो । समुह प्रेम र कलात्मक प्रतिवद्दताबाट बिचलित हुने जो कोहीलाई समुहमा रहन निकै कठिन हुन्छ ।” गुरुङ्ग भन्छन् । युके, युएसए, अष्ट्रेलिया, इजरायल, जर्मनी, फिनल्याण्ड भारतलगायतका देशहरुमा आफ्नो प्रस्तुति दिइसकेको यस समुहले युकेको Wembley Arena मा प्रस्तुति दिने पहिलो नेपाली संगीतिक समुह रहेको छ । नेपाली संगीतिक समुहले प्रस्तुति दिएकामध्ये सवैभन्दा ठुलो उक्त प्रस्तुतिमा युके र युरोपका करीब ८ हजारजनाले सहभागीता जनाएका थिए । समुहमा हाल अमृत गुरुङ(स्वर), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बास गिटार), ध्रुब लामा (ड्रम), निरज गुरुङ्ग (लिड गिटार) र शान्ति रायमाझि (मादल) गरि ६ सदस्य रहेका छन ।

नाफाको केही प्रतिसत लाप्राकमा एनआरएन अष्ट्रेलियाको तर्फबाट बन्दैगरेको बस्तिका लागी र केही प्रतिशत एडिलेडमा संचालित नाफारहीत संस्थालाई प्रदान गरिने उद्घोष थ्री केगी इभेन्ट अर्गनाइजरका खुम घलेले प्रेस कन्फरेन्सका क्रममा गरेका छन । मुख्य प्रायोजकका तर्फबाट बोल्दै यसखाले कार्यक्रममा सहभागी हुन पाउदा खुसी लाग्ने एक्सपर्ट एजुकेसनका रुपक बर्तौलाले बताए ।

Leave a Reply