छ महिनाभित्र एनआरएनए अष्ट्रेलियाको आफ्नै कार्यालय स्थापना गर्छु : स्वतन्त्र प्रताप शाह
१९ जुन २०१७, एडिलेड- प्रवासको नेपाली सत्ता अर्थात गैर आवाशिय नेपाली संघको चुनाब नजिकिएसँगै उम्मेद्वारहरु देश दौडाहमा लागेका छन् । केन्द्रबाट उठ्नेहरु आफ्ना एजेण्डा लिएर राज्यराज्यमा पुगिरहेका छन भने राज्यमैपनि सामाजिक संजालमार्फत आफ्ना मतदानकर्ताहरुलाई चिन्न र प्रभावमा पारि मत माग्न ब्यस्त देखिन्छन उम्मेद्वारहरु । मतदाताहरु पहिले कहिल्यै नचिनेका उम्मेद्वारहरुबाट ‘फ्रेण्ड रिक्वेस्ट’ आएर हैरान भेरहेका अनुभवहरुपनि सामाजिक सञ्जालमा यत्रतत्र देखिन थालेका छन् । गैर आवाशिय नेपाली संघले चुनावको मिति ८ जुलाईका लागी घोषणा गरिसकिएको छ भने सोमावार मध्यरातसम्म उमेद्वारहरुले तोकिएको शुल्क तिरेर आफ्नो उम्मेद्वारीको लागी आवेदन दिनुपर्ने समयसीमा तोकिएको छ । एनआरएनए अष्ट्रेलियाको उम्मेद्वारी घोषणा गरेका स्वतन्त्र प्रताप शाह शुक्रवार र टोनु घोताने आइतवार साउथ अष्ट्रेलिया आएर मतदाताहरुलाई आफुलाई भोट दिन आग्रह गरेर फर्किसकेका छन । स्वतन्त्र प्रताप शाहका एजेण्डाहरु एनआरएनएलाई अर्को स्तरसम्म पुर्याउने खालका छन, तर एजेण्डाका उद्देश्य हासिल गर्नु एक सामाजीक संस्थाका लागी यावत कारणले त्यतिकै कठिन पछि छन् । साउथ अष्ट्रेलिया आएका बखत हाम्रा सवाददाता मिलन दाहालले उनिसँग गरेको बिशेष अन्तरवार्ता प्रस्तुत गरिएको छ ।
प्रश्न: स्वतन्त्र जी, तपाईलाई एनआरएनएमा लामो अनुभव छ । पहिलो इजेण्डामा भन्नुएको छ गैर आवाशिय नेपाली संघले गरेका राम्रा कामलाई निरन्तरता दिने । पोईन्टमा बताइदिनुहोस् न गैर आवाशिय नेपाली संघले गरेका ५ राम्रा कामहरु ।
उत्तर: राम्रा साना-साना कामहरु प्रवासको नेपाली समुदायमा धेरै भएका छन् । मुख्य पाचवटा भन्नुपर्दा नेपालीलाई एकिकृत गरेर समस्यामा परेका बेला समुहिक सहयोग गर्ने, नेपाल फेस्टिवलका माध्यमबाट नेपालको पर्यटन प्रवर्दनमा टेवा पुर्याउने (उदेश्यअनुरुप नभइरहेको), प्रवासि नेपालीको गैर आवाशिय नेपाली संघले नेपालको संबिधानमा मान्यता पउनु, नेपालीलाई नेपालमा दोहोरो नागरीकताको कुरा, भुकम्पपीडितलाई सामुहिक सहयोग र काठमाण्डौमा बन्दैगरेको एनआएएनए भवन ।
प्रश्न: दोस्रो एजेण्डामा ६ महिनाभित्र एनआएएनको कार्यालय स्थापना गर्ने भन्नुभएको छ । सिमित श्रोत र स्वयमसेवकका रुपमा काम गर्ने पदाधिकारी रहेको एनआरएनएको कार्यलय स्थापना गर्नु कसरी सम्भव देख्नुहुन्छ ?
उत्तर: एनआरएनए यति ठुलो सस्था र प्रवाशि नेपालीहरुको आस्थाको केन्द्र रहेको छ । नेपाल सरकारको यहाको उपस्थितिपनि त्यति प्रभावकारी हुन सकेको छैन । सैयौं नेपाली दाजु-भाइ तथा दिदीबहिनिहरु एनआरएनए लगायत नेपाली दुतावाससँग सम्बन्धित कामहरुमा समेत हामीलाई सम्पर्क गर्नुहुन्छ । गैर आवाशिय नेपाली संध अष्ट्रेलिया भित्रिएको करीब १२ बर्ष बितिसक्दापनि स्थाइ कार्यालय नहुनु दुखको कुरा हो । एनआरएनए सस्थालाई माया गर्ने धेरै नेपाली व्यावसायीहरु हुनुहुन्छ, उहाहरुको अथक सहयोगले ने यो सस्था यहासम्म पुग्न सफल भएको छ । त्यहि सहयोगलाई कार्यलयस्थापनामा केन्द्रित गरेर कर्यकालको ६ महिनाभित्र एनआरएनएको कार्यालय स्थापना गर्ने सोच बनाएको छु ।
प्रश्न: २५ डलर शुल्क हुदा त करीब १ लाख नेपाली रहेको भनिएको अष्ट्रेलियाको जम्मा सदस्यता संख्या ८ हजार २ सयको हाराहारीमा छन । तपाइको एजेण्डामा यसलाई बढाएर ६० डलर पुर्याउने भनिएको छ । यस्ले सदस्यता संख्या झन घट्दैन र ?
उत्तर: हैन हैन, मैले सदस्यता शुल्क बढाउने कुरा गरेको हुदै होइन । सदस्यता सम्बन्धमा हाल जुन फर्जी सदस्यताको विवाद देखिएको छ, त्यसलाई सम्बोधन गर्नका लागी मेरो ठोस अवधारणामात्र हो त्यो । सदस्यहरुलाई चुनावनजिक एकैपटक भारपनि नपरोस भन्ने एउटा दृष्टिकोण हो भने सहमतिमा २-३ डलर मासिक रुपमा सदस्यको बैकंखाताबाट एनआरएनको बैकंखातामा डाइरेक्ट डेबिटको माध्यमबाट तिर्ने ब्यस्था गरियो भने यो विवाद उठ्नेपनि ठाउ हुदैन ।
प्रश्न: एउटा एजेण्डामा यहाले सामुदायिक भवनको अवधारणा सार्वजनिक गर्नुभएको छ । सिड्नी, मेलवर्न जस्तो नेपालीहरुको बढी बसोबास भएको ठाँउमा त सामुदायीक भवन सम्भव होला । एडिलेडलगायतका २ हजारभन्दा कम नेपालीहरु बस्ने ठाउँमा के यो सम्भव छ .
उत्तर: सवैभन्दा ठुलो कुरा भनेको शुरुवात र निरन्तरता हो । दोस्रो, सस्थाप्रतिको दृष्टिकोणमा परिवर्तन हो । कतिपय सदस्यहरुले अझैपनि यस सस्थालाई आफ्नो हो भन्ने ठान्नुहुदैन । प्रभावकारी कार्यक्रमहरुको माध्यमबाट सदस्यहरुको मन जित्ने र सस्थाप्रतिको दृष्टिकोणमा परिवर्तन आउने हि भने सदस्यता शुल्कबाट उठेको केही रकमले शुरुवात गरेपछि, नेपाली संस्कृति र पहिचानका लागी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु खुलेर सहयोग गर्नुभएको छ र गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।
प्रश्न: ५ जना विद्यार्थीलाई १ हजार डलरका दरले छात्रवृत्ति प्रदान गर्ने अवधारणा सार्बजनिक गर्नुभएको छ । हजारौं डलर तिरेर पढ्न आएका विध्यार्थीहरुलाई १ हजार डलर छात्रवृत्तिले केही होला र?
उत्तर: छात्रवृत्तिको अवधारणा विद्यार्थीलाई केही राहत होला कि भनेर भन्दापनि विद्यार्थीबेला देखी नै अष्ट्रेलियामा आउने नेपालीहरुलाई गैर आवाशिय नेपाली संघप्रति सचेतना र अपनत्व जगाउनका लागी हो । अष्ट्रेलिया आउने ९० प्रतिसतभन्दा बढी विद्यार्थी यहाका स्थायी बासिन्दा हुन । यसरी विद्यार्थी बेलादेखी नै गैर आवाशिय नेपाली संघप्रतिको सदस्यहरुको धरणा सकारात्मक बनाउन सक्यौं भने यसले अझ प्रभावकारी बनाउन अवश्य मदत मिल्ने छ ।
प्रश्न: बिभिन्न सामाजिक संघ सस्था हरु बीच समन्नय गरी सहयोगि भूमिका खेल्ने भन्नु भएको छ, त्यो कसरी?
उत्तर: हालको एनआरएनए उदेश्यमा अलिकति बिचलित भएको जस्तो देखिएको छ र समुदायमा अरु संघसस्थाहरुको प्रतिस्पर्धिजस्तोपनि यदाकदा देखिएको छ, कार्यक्रम आयोजनाको दृष्टिकोणबाट । मेरो बिचारमा एनआरएनले अरु सस्थाहरुलाई तिनका उदेश्य हासिल गर्न सहयोगी भुमीका खेल्दै अभिभावकको भुमिका खेल्नुपर्छ । यसो गरेपछि, सबै संघसस्थाहरुको एनआरएनएसँगको सम्बन्धमा सुघार भाइहाल्छ । फलस्वरुप समुदायले गतिशिलता लिइहाल्छ ।
प्रश्न: एनआरएनमा भएको सदस्यता विवादवारे यहाको दृष्टिकोण के छ ? के फर्जी सदस्यता बनाइएकै हो त?
उत्तर: ब्याक्तिगत रुपमा मलाई चाहि ठुलो रुपमा त्यस्तो भएको होला जस्तो लाग्दैन । तर विवाद नै उठिसकेकाले त्यसलाई सम्वोधन गर्नुपर्छ । मैले माथी यसबारेमा भनिसकेको छु ।
प्रश्न: अन्त्यमा, एनआरएनएमा राजनितिकरण भयो, यो सस्था राजनितिक अखडा भयो भन्ने कुराले पनि खुबै चर्चा पाएको छ । के एनआरएनमा राजणिति हाबी भएकै हो त?
उत्तर: राजनिति छ जस्तो मलाई लाग्दैन । काम गर्नका लागी समुगत रुपमा नै अगाडी बढ्नुपर्ने हुन्छ । समुहग हुनका लागी मिल्ने बिचार भएकाहरु मिल्न जरूरी छ । कसैले राजनितिक आस्थालाई मिलनको माध्यम नबाएका हुनसक्छन ।
Leave a Reply