एनआरएनए साउथ अष्ट्रेलिया उम्मेद्वारीको औपचारीक घोषणा सभा शुक्रबार

१३ जुन २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको चिसोमा एनआरएनए चुनाबको गर्मी बढिरहेकै बेला र उम्मेद्वारहरुले उम्मेद्वारी घोषणा गरिरहदा साउथ अष्ट्रेलिया चुनाबमय बनेको छ । १६ जुन २०१७, शुक्रबार उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजनाले चुनाबी माहोल तातेको अनुभव सबैले गर्न थालेका छन । केहीले सहमतिका कुरा गरिरहेपनि  गतबर्षदेखी औपचारीक रुपमा नै चुनाबमय हुन थालेको साउथ अष्ट्रेलियाको यो सानो नेपाली समुदायमा यसपटक पनि चुनाबले निरन्तरता पाउने लगभग पक्का भइसकेको छ ।

उम्मेद्वारी घोषणा सभामा कसकसले उम्मेद्वारी घोषणा गर्ने भन्ने नखुलाईएको भएपनि आशोक केसी, रजनेश श्रेष्ठ, प्रकाश पनेरू, चन्द्र कुवर, सुपक अघिकारी, अशोक अघिकारी, रेणु लामा, सन्तोष चालिसे, इन्दु भट्टराई, आनन्द बखरेल, नबिन सागर लगायतले उम्मेद्वारी घोषणा गर्ने बुझिएको छ ।

कार्यक्रम मिच्याम रिजर्भमा बिहान ११ बजेदेखी साझ ५ बजेसम्म हुने बताइएको छ ।

Leave a Reply