साउथ अष्ट्रेलियामा २५६१ औं बुद्द जयन्ति मनाइयो

बुद्द घर्ममा विद्या वारीधि गरेका कमल तामाङ्गको प्रवचन

२३ मे २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५६१ औं जन्मजयन्ति गत सोमबार  धुमधामसँग मनाइएको छ । बुद्द जयन्ति ब्राइटनको नेपाली रेस्टुरेन्ट Taste of Himalayas मा मनाइएको हो ।  तामाङ सोसाइटि अफ साउथ अष्ट्रेलियाको अग्रसरतामा मनाइएको बुद्द जयान्तिमा एडिलेडवासी नेपालीभाषिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितहरुलाई चिया र खानाको समेत ब्यवस्था गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आउनुभएका तथा बौद्द धर्ममा विद्यावारीधि गर्नुभएका आचार्य कमल तामाङ्गले बुद्द धर्मबारे प्रवचन दिनुभएको थियो । नेपालको पुर्बी पहाडि जिल्ला इलाममा जन्मनुभएका आचार्य तामाङ्गले भगवान गौतम बुद्दको जन्मभुमी नेपालनै भएको भन्दै यसबारे फैलाईएको भ्रम चिर्न आफुहरुले योजनापुर्ण ढङ्गबाट काम गरिरहेको पनि जानकारी गराउनुभयो ।

तामाङ्ग सोसाइटि अफ अष्ट्रेलियाले  १० मे मा मेलवर्नमा, १३ मे मा सिड्नीमा र २२ मे मा एडिलेडमा  बुद्द जयन्ति मनाएको हो ।

तामाङ सोसाइटि अफ साउथ अष्ट्रेलियाले हरेक बर्ष साउथ अष्ट्रेलियामा बुद्द जयन्ति मनाउने गरेको छ ।

Leave a Reply