एडिलेडमा किँरातहरुको उभौली सम्पन्न
अस्ट्रेलियाली नेताहरु पार्लियामेन्ट अध्यक्ष रसल वाट्ली र सांसद जिङ्ग लीको सहभागीता
२१ मे २०१७, एडिलेड- आइतबार किराँत सोसाइटि अफ साउथ अष्ट्रेलियाले एडिलेडमा “उभौंली” पर्ब धुमधामसँग मनाएको छ । खम्बु किरातहरुको मुख्य पर्व साकेला अन्तर्गतको “उभौंली” पर्वमा बैशाख शुक्ल पुर्णिमाको दिन मनाइन्छ । यस पर्वमा राम्रो उब्जनि तथा प्राकृतिक प्रकोपबाट बचाउनका लागी प्रकृतिको पुजा गर्ने गरिन्छ । साकेला पर्वलाई “चण्डि नाच मुरत” पनि भनिन्छ जस्मा शक्तिकि देवी चन्डि अर्थात दुर्गाको पुजा गरिन्छ । यसपालीको “उभौंली” सिड्नी तथा मेलबर्नबाट आएका पाउनाहरुसँगै किराँत सोसाइटि अफ साउथ अष्ट्रेलियाले Princes Elizabeth Playground, South Terrace मा मनाएको हो । सबै नेपालिहरुको सहभागीतामा खुसी ब्याक्त गर्दै आयोजकमध्येका एक लोकेन लिम्बुले सबै नेपालीहरु मिलेर अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्दन गर्नुपर्ने बताए ।
उभौली पर्ब किरातहरुको सांस्कृतिक-सांगीतिक कार्यक्रम र परम्परागत खानाहरुका साथमा सिड्नी, मेलबर्न र एडिलेड गरी अष्ट्रेलियाको तीन सहरहरुमा मनाइएको थियो । किराँत महोत्सवमा नेपालीहरुका साथै विदेशीहरुले समेत उल्लेख्य रुपमा सहभागिता जनाएका थिए । अस्ट्रेलियाली नेताहरु पार्लियामेन्ट अध्यक्ष रसल वाट्ली, सांसद जिङ्ग ली लगायतको पनि कार्यक्रममा सहभागीता रहेको थियो । उनीहरुले नेपाली समुदायले अस्ट्रेलियाको बहुसांस्कृतिक सौन्दर्यलाई अझ बढवा दिएको र नेपालीहरु मिहिनेति र मिलनशार पनि रहेको भन्दै नेपाली समुदायको प्रसंसा गरेका थिए ।
Leave a Reply