सत्य स्वरुप गजल साँझ सम्पन्न
डेढ महिनालामो बसाइ, अष्ट्रेलियाभर ९ बटा कार्यक्रम
२१ मे २०१७, एडिलेड- शनिवार ब्राइटनमा अवस्थित Taste of Himalayas नेपाली रेस्टुरेन्टमा गायकद्वय सत्य र स्वरुपराज आचार्यको गजल साँझ कार्यक्रम सम्पन्न भएको छ । करीब ५० जना एडिलेडका विशिष्ट व्याक्तिहरुको उपस्थितिमा भएको उक्त बिशेष गजल कार्यक्रममा गायक दाजुभाइले बाबु भजनशिरोमणि भक्तराज आचार्यको “प्राण भन्दा प्यारो लाग्छ..” बोलको गीतबाट शुरु गर्दै करीब २ दर्जन गीत तथा गजलहहरु गाएका थिए । एडिलेडको प्रख्यात नेपाली रेष्टुरेन्ट Taste of Himalayas को स्वादिष्ट खानासँगै सुगमसंगीततर्फका नेपालकै हालका सर्वोत्कृष्ट गायकद्वयको स्वरमा झुमिरहदा उपस्थितहरुले ३ घष्टा बितेको पत्तै पएनन् । तिन घन्टाका लागी भनिएको कार्यक्रममा दर्शकहरुको बिशेष आग्रहमा आधा घन्टा समय थप गरिएको थियो । टेलिभिजन र पत्रपत्रिकाहरुमा मात्र देखिइरहने गायकद्वयलाई आफुसँगै पाउदा दर्शकहरु निकै हर्षित भएका थिए । डा. रामकृष्ण निरौलाले गायकद्वयलाई बाजामा साथ दिएका थिए । कार्यक्रम एडिलेडका केहि महत्वपुर्ण व्याक्तित्वहरुको बिशेष आग्रहमा आयोजना गरिएको थियो ।
कार्यक्रममा गायक सत्यराज आचार्यले अष्ट्रेलिया आउने प्रवन्ध र विशेष सत्कारका लागी इनास ग्लोबल महासचिब रामचन्द्र थापा तथा उनकि धर्मपत्नि सिता केसी थापा, सन्दिप बस्नेत तथा उनकि धर्मपत्नि सुजता बस्नेत, इनास अष्ट्रेलिया संस्थापक अध्यक्ष डा. रामकृष्ण निरौला, इनास अष्ट्रेलिया महासचिब मिलन दाहाल, इनास साउथ अष्ट्रेलिया अध्यक्ष विकाश शर्मा पोखरेललगायत सम्पुर्ण इनास पदाधिकारीहरुलाई विशेष धन्यबाद दिएका थिए ।
इनास अस्ट्रेलियाको साँगीतिक टुरअन्तरगत यसपालीको उनीहरुको अष्ट्रेलिया भ्रमणका क्रममा भएको यो नवौं तथा अन्तिम कार्यक्रम हो । डार्विन, एडिलेड, मेलबर्न, ब्रिसवेन, सिड्नी तथा पर्थका विभिन्न ठाँउहरुमा गरी ९ बटा कार्यक्रमहरु सम्पन्न भएको थियो । उनीहरुको बायोग्राफीमा यो विशेष सांगीतिक एवं पारीवारीक भ्रमण स्वर्णधर्साले लेखिने घोषणा उनीहरुले यसअघि नै गरिसकेका छन ।
Leave a Reply