एडिलेडमा घामपानी
१२ मे २०१७, एडिलेड- आइतवार, २१ मे २०१७ मा साँझको ६:३० बजेबाट नेपाली कथानक चलचित्र घामपानी एडिलेडमा प्रदर्शन हुने भएको छ । चलचित्र एडिलेड शहरको Morphette Street मा अवस्थित Mercury Cinema Hall मा प्रदर्शन हुन लागेको हो । 3 KG इभेन्ट अर्गनाइरको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको यस चलचित्रको प्रवेश शुल्क $२० रहेको छ ।
देबेन्द्र लामा निर्देशित चलचित्रमा दयाहाङ्ग राई र केकि अधिकारीको अभिनय रहेको छ । दयाहाङ्ग राई नेपालका हालका सबैभन्दा बढी रूचाइएका कलाकार हुन, उनको अभिनय बास्तविक र जीवन्त हुनेगरेका छन् । केकि अघिकारी चिनिएकि नायीका रहेपनि घामपानी अघिसम्म उनले हिट चलचित्र दिन नसकेको भन्ने आरोप रहदै आएकोमा घामपानीले उक्त आरोपको खण्डन गरिदिएको छ ।
नेपालीहरुको उल्लेख्य उपस्थिति नभएपनि पछिल्लो समयया नेपाली कलाकार तथा चलचित्रका लागी एडिलेड राम्रो बजारका रुपमा बिकसित हुदै गएको छ । हरेक महिनाजसो एडिलेडमा चलचित्र प्रदर्शन हुने गरेका छन भने सोही अनुपातमा नेपाली कलाकारको प्रस्तुति हुन थालेको छ ।
Leave a Reply