‘मलाइ सुन्न सक्नुहुन्छ?’ स्क्याम फल्लो अप

अपनाउनु पर्छ सावधानि

१२ मे २०१७, एडिलेड- अष्ट्रेलिया बस्नका लागी जति सजिलो र सुविधासम्पन्न छ, त्यति नै संवेदनसिल र जोखिमपुर्ण पनि छ । तसर्थ, अष्ट्रेलिया आएदेखि नै यहां रहदा र बस्दा सावधानि अपनाउनुपर्ने देखिन्छ । हामीले केही दिन अगाडि हाल बजारमा रहेको एक स्क्यामका बारेमा चर्चा गरेका थियौं, ‘मलाइ सुन्न सक्नुहुन्छ’ स्क्याम । अर्थात स्क्यामरहरुले फोन गरेर ‘मलाई सुन्न सक्नुहुन्छ?’ भनेर सोध्ने र सर्वसाधारणले ‘Yes’ भनेर दिएको आवाजलाई प्रविधिको माध्यमबाट दुरुपयोग गर्दै मानिसहरुको व्याक्तिगत विवरणहरुमा पहुच स्थापना गरी मानिसका सम्पत्तिहरु हत्याउने शैली । 

१० मे मा क्याटेरिनाले आफ्ना फेसबुक प्रयोगकर्ता साथीहरुलाई साबधानिका लागी एक स्टाटस लेखिन, “कृपया कुनै नचिनेको र अनौठो नम्बरबाट आएको फोन नउठाउनु होला, ती मानिसहरुले मलाई आज बिहानसुद्द गरेर ३ पटक फोन गरिसके…..यि मानिसहरु ठग कलाकार हुन । तपाईले फोन उठाउनासाथ तिनले सोध्छन, ‘मलाई सुन्नुभयो?’, तपाईले ‘Yes’ भन्नासाथ फोन राख्छन । त्यसपछि उक्त फोनसँग सम्बन्ध रहेको तपाईको बैकं खातामा उनीहरुको पहुच हुन्छ । मलाई थाहा छैन कसरी तर हुन्छ । मेरी एकजना फेसबुककि साथीले यसरी उत्तर दिदा उनको बैकं एकाउन्ट ह्याक भयो । यो रमाइलोका लागी लेखेको होइन, कृपया त्यस्तो फोनको उत्तर दिदै नदिहुनोला ।”

त्यसहि स्टाटस सेयर गर्दै सुमन चौधरीले लेखिन, “सावधान सबैजना! मलाई नि त्यो नम्बरबाट फोन आएको थियो ।”

यी त प्रतिनिघि घटना मात्र हुन । अष्ट्रेलिया आएपछि काम खोज्ने सिलसिलामा आफ्ना ब्याक्तिगत विवरणहरु जो पायो त्याहिलाई सेयर गर्दा वैकंमा रहेको पैसा गुमाउनुपर्ने देखि लिएर निकै कठिन अवस्थाहरुको सामना गर्नुपर्ने पनि हुनसक्छ ।

“काम खोज्ने क्रममा आफ्ना ब्याक्तिगत विवरणहरु इन्टरनेटमा सवैतिर सेयर गरेको थिए । कतैबाट सजिलो कामकोलागी भनेर कामको अफर आयो । काम थियो मेरो बैकं एकाउन्ट प्रयोग गरेर बिदेश पैसा पठाउने । एकपटक पैसा पठाएबापत अष्ट्रेलियन डलर ५० पाउने करार थियो । कतैबाट मेरो एकाउन्टमा पैसा आएपछि नम्बर लुकाएर कसैले फोन गर्थ्यो र पैसा पठाउनुपर्ने ठाँउको बारेमा जानकारी दिन्थ्यो । सजिलो काम भनेर शुरुमा खुसी भए र काम गर्न थालें ।  दुइपटक पैसा ट्रान्सफर गरेपछी बैकले आफ्नो खातामा रहेको रकम फिर्ता दिएर खाता बन्द गरिदियो, अरु कुनै बैकंमा खाता खोल्न पनि मिल्दैन । यसले गर्दा दैनिक जीवनयापनमा निकै समस्या भएको छ ।” अष्ट्रेलियामा अध्यायनरत एक विद्यार्थीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

“अरु कसैले ट्याक्स अफिसबाट मेरा विवरणहरु प्रयोग गरी ट्याक्स फिर्ता लिने कोसिस गरेकाले धेरैखाले सुबिधाहरु दिने MyGov.com को मेरो एकाउन्ट नै ट्याक्स कार्यालयले बन्द गरिदिएको छ । बर्षेनि वार्षिक कर दाखिला गर्दा निकै समस्या हुने गरेको छ । ” केही वर्षदेखि अष्ट्रेलिया बस्दै आएका अर्का एकजनाले अनलाईन एडिलेडलाई बताए ।

तसर्थ अष्ट्रेलियामा आफ्ना व्याक्तिगत विवरणहरुप्रति सचेत रहनुपर्ने हुन्छ । इन्टरनेटमा आफ्ना ब्याक्तिगत विवरण जताभावि राख्दा मुख्यगरी यस्ता विवरणमा गलत मान्छेको पहुच हुनजान्छ । यसका अलावा हामीले हरेक बर्ष बस्ने ठाँउ परीवर्तन गरिरहेका हुन्छौं र यसरी बस्ने ठाँउ परीवर्तन गर्नासाथ बैकं, कर कार्यालय लगायतका सरकारी निकायमा आफ्नो ठेगाना अपडेट गराइहाल्नु पर्दछ । यसरी हामीले ठेगाना परीवर्तन नगर्दा महत्वपुर्ण पत्रहरु जसमा नाम, जन्ममिति, कर नम्बर, एबिएन नम्बर लगायतका विवरणहरु पुरानो ठेगानामा जाँदा विवरणमा गलत मान्छेको पहुच हुनसक्छ ।

कुनैबेला बैकं अथवा सरकारी कार्यालयहरुबाट फोन गरेको बताउदै यसरी ब्याक्तिगत विवरणहरु मागिन्छन, जुन वास्तवमा फ्रडहरु हुनसक्छन । आफुलाई विश्वास नभएको खण्डमा आफु तत्काल ब्यस्त रहेको अथवा अरु कुनै बहाना बनाई तत्काल फोन डिस्कनेक्ट गरी पछि अाफुले नै ती ठाँउमा फोन गरेर कुरा गर्दापनि बुद्दिमतापुर्ण हुनजान्छ ।

यसका साथै इन्टरनेटमा स्क्यामरहरुले बिभिन्न उपहारको लोभ देखाउदै ब्याक्तिगत विवरणहरु माग्ने गर्छन । त्यस्ता उपहारको लोभ गरेर ब्याक्तिगत विवरणहरु दिदाँ स्क्यामरहरुसम्म पुग्नसक्ने हुदा त्यस्ता पुरस्कारको पछि नगान्नु नै राम्रो हुन्छ ।

Leave a Reply